१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रेस चौतारीको अध्यक्षमा पुनः बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४६:oo

प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । पोखरामा आइतबार सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले बस्नेतको अध्यक्षतामा १७ पदाधिकारीसहित एक सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षका लागि चारजनाले दाबी प्रस्तुत गरे पनि एमाले अध्यक्ष केपी ओलीको चाहनामा बस्नेत अन्य आकांक्षीलाई पछि पार्दै दोस्रो कार्यकालका लागि चयन भएका हुन् ।

चार उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियासन, राजेश राई र देविका घर्तीमगर, महासचिवमा हिरामान लामा, उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा इन्द्र आचार्य, सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल सर्वसम्मत चयन भएका छन् । अधिवेशनले नवराज महतारालाई अनुशासन आयोग, सटेन्द्र जवेगुलाई लेखा आयोग र गणेश खनाललाई निर्वाचन आयोगको अध्यक्षको जिम्मा दिएको छ । 

केन्द्रीय सदस्यहरूमा प्रदेश १ बाट नौ, मधेसबाट सात, बागमतीबाट आठ, गण्डकीबाट नौ, लुम्बिनीबाट नौ, कर्णालीबाट नौ, सुदूरपश्चिमबाट नौ, पिछडिएको क्षेत्रबाट दुई, थारूबाट दुई, आदिवासी जनजातिबाट दुई, अल्पसंख्यकबाट दुई, मधेसीबाट एक, मुस्लिमबाट एक, दलितबाट दुई, उपत्यकाबाट आठ, प्रतिष्ठान÷एसोसिएटबाट नौ, एकता÷एकीकरण प्रक्रियाबाट १२, महिला खुलातर्फ १३, महिला दलिततर्फ दुई, महिला जनजातितर्फ एक, महिला मधेसीतर्फ एक र पुरुष खुलातर्फ १४ जना निर्वाचित भएका छन् । केन्द्रीय अनुशासन आयोगमा १५, निर्वाचन आयोगमा १८ र लेखा आयोगमा १६ जना निर्वाचित भएको निर्वाचन समितिका संयोजक रघु मैनालीले जानकारी दिए ।

ad
ad