१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कांग्रेस धनुषामा निधि समूहको वर्चस्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:४२:oo

कांग्रेस धनुषा कार्यसमितिमा विमलेन्द्र निधि समूहले वर्चस्व कायम गरेको छ । जिल्ला सभापतिमा निधिनिकट योगेन्द्र पजियार विजयी भएका छन् । उनले संस्थापन पक्षका सन्तोष यादवलाई ६ सय ८९ मतले पराजित गरेका छन् । पजियारले एक हजार सात सय ३५ र यादवले एक हजार ४६ मत ल्याए । 

उपसभापतिमा निधि समूहका गणेश झा र लक्ष्मीनारायण यादव निर्वाचित भएका छन् । झाले एक हजार एक सय ४९ र यादवले एक हजार दुई सय ५४ मत ल्याए । संस्थापनबाट उपसभापति पदका उम्मेदवार रहेका सुरेन्द्रप्रसाद मुन्नाले सात सय ९८ र रामशोभित दाहा धानुकले सात सय ६५ मत प्राप्त गरे । उपसभापतिका शेखर कोइराला समूहका उम्मेदवार गणेशप्रसाद जयसवालले सात सय आठ र हरिशंकर साहले पाँच सय ९६ मत पाए ।

सचिव पदमा निधि समूहकै कन्हैयाकुमार कर्ण र देवेन्द्रकुमार भरखेर विजयी भएका छन् । कर्णले एक हजार एक सय ६० र भरखेरले एक हजार एक सय ७७ मत ल्याएका छन् । संस्थापन पक्षका धीरेन्द्रमोहन झाले आठ सय ३३ र शिवशंकर गोइत साधुले आठ सय ३२ मत प्राप्त गरेका छन् । सहसचिवमा निधि समूहकै विजय यादव र मोहम्मद साकिर राइन विजयी भएका छन् । 

ad
ad