१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
धनुषा कांग्रेसका नवनिर्वाचित सभापतिमा योगेन्द्र पजियार
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २० बिहीबार २o:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

धनुषा कांग्रेस : सभापतिसहित पदाधिकारीमा निधि समूह विजयी

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:o२:oo

कांग्रेस धनुषा सभापतिमा विमलेन्द्र निधि समूहका योगेन्द्र पजियार विजयी भएका छन् । दोस्रो चरणमा भएको विर्नाचनमा उनी विजयी भएका हुन् । पजियारले संस्थापन पक्षका सन्तोष यादवलाई ६ सय ८९ मतले पराजित गरेका छन् । पजियारले १ हजार ७ सय ३५ र यादवले १ हजार ४६ मत ल्याएका छन् । 

उपसभापति र सचिवमा पनि निधि समूहकै उम्मेदवार विजयी भएका छन् । निधि समूहबाट उपसभापतिमा गणेश झा र लक्ष्मीनारायण यादव निर्वाचित भएका छन् । झाले १ हजार १४९ र यादवले १ हजार २५४ मत ल्याएका हुन् ।

संस्थापनतर्फबाट उपसभापति पदका उम्मेदवार रहेका सुरेन्द्रप्रसाद मुन्नाले ७९८ र रामसोभित दाहा धानुकले ७६५ मत प्राप्त गरेका छन् । सभापतिका शेखर कोइराला समूहका गणेशप्रसाद जयसवालले ७०८ र हरिशंकर साहले ५९६ मत पाएका छन् ।

सचिव पदमा निधि समूहकै कन्हैयाकुमार कर्ण र देवेन्द्रकुमार भरखेर विजयी भएका छन् । कर्णले १ हजार १६० र भरखेरले १ हजार १७७ मत ल्याएका छन् । देउवा समूहका धीरेन्द्रमोहन झाले ८३३ र शिवशंकर गोइत साधुले ८३२ मत प्राप्त गरेका छन् ।

सहसचिवमा पनि निधि समूहकै विजय यादव र मोहम्मद.साकिर राइन विजयी भएका छन् । निर्वाचन समितिका सदस्य रामगुलाम कर्णका अनुसार सोमबार सदस्यको मतगणना हुनेछ ।

ad
ad