१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

१८ महिनाकी नाबालिकाको  बलात्कारपछि हत्या, दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:३८:oo

मोरङको सुन्दरहरैँचामा डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। सुन्दरहरैँचा नगरपालिका– ७ गणेशपुरकी १८ महिनाकी  नाबालिकालाई स्थानीय दाजुभाइ  २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीले सामूहिक बलात्कार गरेर हत्या गरेको खुलेको हो। 

२७ फागुनमा आचानक साँझ साढे ५ बजेतिर घरबाट हराएकी १८ महिनाकी ती बालिका साढे ६ बजे घरनजिकै बनमारा र बयरझाडीभित्र अचेत अवस्थामा फेला परेकी थिइन्। अचेत अवस्थामा फेला परेकी बालिकालाई तत्काल उद्धार गरी उपचारको लागि नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन राति साढे १२ बजे मृत्यु भएको थियो। 

टाउकोमा बियरको बोतल र ढुंगाले हानेर बेहोस बनाई सामूहिक बलात्कार 
बेहोस अवस्थामा भेटिएकी नाबालिकाको सुरुवाल खोलिएको र योनीमा चोट देखिएपछि बलात्कारको शंकामा मोरङ प्रहरीले शव परीक्षण गर्न धरानस्थित विपी प्रतिष्ठानकाे फोरेन्सिक प्रयोगशाला पठाएको थियो। 

मेडिकल परीक्षणमा नाबालिकाको बलात्कार भएको पृष्टि भएपछि मोरङ प्रहरीले घटनालाई संवेदनशील मानेर अनुसन्धान थालेको थियो। घटनास्थलमा मानिसहरूको अवातजावत  अनुसन्धान गर्ने क्रममा नाबालिकालाई चौधरी दाजुभाइले नै घरमा कोही नभएको मौका छोपी घरैबाट बोकेर झाडीमा लगेर यातना दिएर सामूहिक बलात्कार गरेको खुलेको थियो। बलात्कारबाट अर्धचेत भएकी बालिकालाई उनीहरूले झाडीमै छाडेर हिँडेका थिए।

अनुसन्धानमा संलग्न मोरङका डिएसपी मन्जिल मुकारुङका अनुसार नाबालिका बलात्कार गर्ने दुवैजना दाजुभाइ हुन्। उनीहरू गछिया खोलामा  बालुवा चाल्ने मजदुरी गर्ने गर्दथे।   

दाजुभाइ दुवैजना लागुऔषध गाँजाका  सेवनकर्ता रहेको समेत खुलेको छ। दुवैले बलात्कारअघि केराघारीमा बसेर सँगै गाँजा र बियर सेवन गरेकाे अनुसन्धानमा देखिएको छ। दाजुको आग्रहमा  घरमा एक्लै भएकी बालिकालाई भाइ अजय चौधरीले बोकेर ल्याएका थिए। त्यसपछि उनीहरूले बालत्कार गर्न थाल्दा नाबालिका चिच्याएपछि बियरको बोतल र ढुंगाले टाउकोमा हानेर बेहोस बनाएको प्रहरी अनुसन्धानमा देखिएको छ। 

ad
ad