१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वसन्तपुर डबलीमा महानगरले स्टिलका पोल गाड्न लगेपछि पुरातत्वको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:o४:oo

काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा झन्डा राख्नको लागि स्टिलका पोल गाड्न लागेपछि पुरातत्व विभागले आपत्ति जनाएको छ। विश्व सम्पदा क्षेत्रमा रहेको डबलीको खाली ठाउँमा महानगरले करिब ८ वटा झन्डा राख्न स्टिलका पोल गाड्न सुरु गरेको छ। तर सम्पदा क्षेत्रमा नयाँ संरचना बनाउन थालेपछि पुरातत्व विभागले फागुन ६ गते उक्त क्षेत्रमा कुनै नयाँ निर्माण कार्य नगर्न पत्र काटेको थियो। 

महानगरपालिकाले विभागको पत्रलाई बेवास्ता गर्दै वसन्तपुर दरबार क्षेत्रको खुला प्रांगणमा पोल गाड्न सुरु गरेपछि विभागले आपत्ति जनाएको हो।

विभागले महानगरपालिकालाई काटेको पत्रअनुसार वसन्तपुर क्षेत्रमा महानगरले ३५ फिट पोलहरू राख्दै छ। तर विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा त्यसरी स्टिलका पोल गाड्न नहुने विभागले जनाएको छ। वर्ल्ड हेरिटेज कमिटीबाट काठमाडौं उपत्यकाको विश्व सम्पदा स्थललाई खतराको सूचीमा राख्न पटक-पटक दबाब आइरहेको विभागले जनाएको छ। 

यस्ता गतिविधि गर्दा नेपालको विश्व सम्पदा तथा स्मारक क्षेत्र कालोसूचीमा पर्ने विभागको भनाइ छ। ‘विभागका पुरातत्व अधिकृत देवेन्द्र भट्टराईद्वारा जारी पत्रमा भनिएको छ, ‘यस्ता कार्यहरू विश्व  सम्पदा स्थलको संरक्षणविपरीत हुन जाने भएको हुँदा अबिलम्ब उक्त निर्माण कार्य स्थगित गरी यस विभागसँग समन्वय गर्नुहुन २०७८ फागुन ६ गतेको विभागको निर्णयअनुसार अनुरोध गर्दछु।’ 

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले झन्डा राख्नको निम्ति सानो ठाउँमा स्टिलका पोल उठाउन थालिएको बताए। उनले पोल गाड्नको लागि मेसमेन्टको काम सकिएको बताए। उनले सम्पदा क्षेत्रमा झन्डा राख्दा उपयुक्त हुने भएकोले विभागलाई खबर गरेर पोल गाड्न थालिएको बताए। 

‘हामीले विभागलाई खबर गरेका थियौँ तर कुनै पनि प्रतिक्रिया आएन त्यसपछि पोल गाड्न थाल्यौँ,’ उनले भने।
 

ad
ad