१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

कुलमानको उज्यालो अभियानको कथा बताउने ‘बादलहरू’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:४७:oo

उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ। कुलमान स्वयंको उपस्थितिमा राज के. गोस्वामीको स्वर रहेको ‘बादलहरू’ बोलको गीत सार्वजनिक गरिएको हो।

अभिनेत्री सुरक्षा पन्तले रचना गरेको गीतमा मानव सुवेदीले संगीत भरेका छन्। नेपाली टचको प्रस्तुति रहेको गीत सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेता राजेश हमाल, गायकहरू राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवानलगायतले गायक गोस्वामीलाई शुभकामना दिएका थिए।
 
गीतको भिडियोमा गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गरिएको छ। सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन्। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतलाई सुशील सापकोटाले छायांकन गरेका छन् भने भिडियोको सम्पादन मानव स्वयंले गरेका हुन्।

 

ad
ad