Skip This
मृत्युपश्चात् अंगदान गर्न स्वास्थ्यमन्त्री खतिवडाको आग्रह
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण २६ बिहीबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २६ बिहीबार १२:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मृत्युपश्चात् अंगदान गर्न स्वास्थ्यमन्त्री खतिवडाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २६ बिहीबार १२:३६:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मृत्युपश्चात् अंगदान गर्न आग्रह गरेका छन्। बिहीबार विश्व मिर्गाैला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रूपमा आयोजना गरेको प्रभातफेरीलगायतका कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात् अंगदान गर्न सबैलाई आग्रह गरेका हुन्।

मृत्युपश्चात् अंगदान गरेमा मिर्गाैलापीडितहरूले पनि धेरै सुविधा पाउने उनले बताए। मन्त्री खतिवडाले पहिले मिर्गाैला दान गर्न पाउने समूह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए।

‘मिर्गाैलापीडितले आफूलाई मिर्गाैला दिने, म्याच गर्ने मान्छेहरूको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरू उपचारबाट वञ्चित भएको देखिएको हो। अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मिर्गाैला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ। पहिला कानुन साँघुरो थियो, फेरि यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानुन बनाउनुपरेको हो। अहिले दान गर्न पाउने सर्कललाई हामीले ठूलो बनाएका छौँ। नाता पर्नेजति सबैले पाउँछ। हामीले मृत्युपश्चातको अंगदान पनि गर्न सक्छौँ। मृत्युपश्चातको अंगदान गर्न सक्यौँ भने अझ मिर्गाैलापीडितहरूले धेरै सुविधा पाउन सक्नुहुन्छ,’ मन्त्री खतिवडाले भने।

मिर्गाैला प्रत्यारोपण गरेका व्यक्तिहरू पनि मिर्गाैला नफेरेका व्यक्तिहरूजस्तै स्वस्थ हुन सक्ने भन्दै उनले आत्तिन नहुने बताए। मिर्गाैला प्रत्यारोपण गरेका व्यक्तिहरूले चिन्तित भएर आफूलाई कमजोर बनाउन नहुने उनको भनाइ छ।