Skip This
ad
बी डिभिजन लिग : वीरगन्ज, खुमलटार र चर्चब्वाइज  विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बी डिभिजन लिग : वीरगन्ज, खुमलटार र चर्चब्वाइज  विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १९:१o:oo

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा वीरगन्ज युनाइटेड, खुमलटार युथ क्लब र चर्चब्वाइज क्लब विजयी भएका छन् । ललितपुरस्थित एन्फाको मैदानमा भएको खेलमा वीरगन्जले सामाजिक युथ क्लब र खुमलटारले बाँसबारी क्लबमाथि समान १–० को जित निकालेका हुन् । चर्चब्वाइजले मध्यपुर युथ एसोसियसनलाई २–० गोल अन्तरले पराजित गरेको छ । 

वीरगन्जलाई जित दिलाउन कृपाकान्त महतो थारूले ७१औँ मिनेटमा निर्णायक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए । जितसँगै वीरगन्जले ३ खेलबाट ४ अंक जोडेको छ । वीरगन्ज लिगको चौथो स्थानमा उक्लिएको छ । ३ खेलमा केवल १ अंक जोडेको सामाजिक युथ क्लब १४ टिम सम्मिलित लिग तालिकाको पुछारमा पुगेको छ ।  

बी डिभिजन लिगअन्तर्गत बुधबारै भएको खेलमा बाँसबारीविरुद्ध जित निकाल्न खुमलटारका कप्तान सविन केसीले खेलको ३०औँ मिनेटमा निर्णायक गोल गरे । यससँगै खुमलटारले जारी लिगमा दोस्रो जित निकालेको छ । तीन खेलबाट ६ अंक जोड्दै खुमलटार लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बाँसबारीको भने तीन खेलमा दोस्रो पराजय हो । बाँसबारीले तीन खेलमा केवल १ अंक जोडेको छ ।

बी डिभिजन लिगअन्तर्गत बुधबार नै भएको अर्को खेलमा चर्चब्वाइजले मध्यपुर युथ एसोसियसनलाई २–० गोल अन्तरले पराजित गरेको छ ।  चर्चब्वाइजका आशिष चौधरीले ४३औँ मिनेटमा गाेल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको दोस्रो मिनेटमा नै कुवेर न्यौपानेले गोल गर्दै चर्चब्वाइजको अग्रता दोब्बर बनाएका थिए । यस जितसँगै चर्चब्वाइजले तीन खेलबाट ९ अंक जोडेको छ । पराजित मध्यपुरको तीन खेलबाट ३ अंक छ ।

ad
ad