१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डाबर बाटिका नेचुरल स्याम्पु बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:४३:oo

डाबर नेपालले डाबर बाटिका नेचुरल स्याम्पु बजारमा ल्याएको छ । यो ब्रान्डको अनावरण ब्रान्ड एम्बेस्डर स्वस्तिमा खड्का तथा डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलिना शर्माले गरेका हुन् ।  

डाबर नेपालले नेपाली श्याम्पु बजारमा आफ्नो उपस्थिति जनाउँदै उपभोक्तालाई गुणस्तरीय बाटिका स्याम्पु उपलब्ध गराएको जनाएको छ । यो स्याम्पु कालो र चम्किलो कपालका लागि ब्ल्याक साइन स्याम्पु, बाक्लो र लामो कपालका लागि थिक एन्ड लङ स्याम्पु र चायामुक्त कपालका लागि बनाइएको एन्टी डेन्ड्रफ गरी तीन प्रकारमा बजारमा आएको कम्पनीले जनाएको छ ।

हरेक भेरियन्टमा १० वटा प्राकृतिक तत्व रहेको जनाइएको छ । यसले कपालको विशेष समस्याहरूको समाधान गर्ने र कपाललाई नरम बनाउनुका साथै क्लिन्जिङ र कन्डिसिनिङ दिने कम्पनीको दाबी छ ।  

डाबर नेपालको व्यापार प्रमुख एचएस बेदीले डाबर बाटिका नेचुरल स्याम्पु प्राकृतिक हेयर केयरमा सबैभन्दा राम्रो समाधान दिँदै आएको प्रतिबद्घताको नतिजा रहेको बताए । मार्केटिङ प्रमुख गोर्खालीले उपभोक्तालाई सधैँ केही नयाँ र रोमाञ्चक उत्पादन ल्याउने कम्पनीको निरन्तर प्रयासको नतिजास्वरूप यो स्याम्पु आएको बताए । यो स्याम्पु १७० एमएल, ३३० एमएल र ६५० एमएलका बोतल तथा सात एमएल र ३.५ एमएलको स्यासेमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

ad
ad