मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका राजविराज
२o७८ फाल्गुण २४ मंगलबार १५:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थगित कांग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार १५:o७:oo

स्थगित भएको नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि  जिल्ला अधिवेशन सुरु भएको छ। आज बिहानबाट मतदान सुरु भएको नेपाली कांग्रेसले जनाएको छ। 

सप्तरीको राजविराजस्थित पब्लिक माविमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको कांग्रेस नेता बद्री महत्मान यादवले जानकारी दिए। नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन्।

यसअघि फागुन २१ गते रूपनी गाउँपालिका– ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्ति पटकपटक मतदाताको सहयोगी बनेको भन्दै विवाद उत्पन्न भएर अधिवेशन स्थगित भएको थियो। निर्वाचन अधिकृत डा. रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कुल दुई हजार पाँच सय ३५ मतदाता छन्। रासस