Skip This
६ नेपाली  युक्रेनको बंकरमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
युक्रेनको जापोरिज्यास्थित युरोपको सबैभन्दा ठूलो परमाणु केन्द्र भवनमा रुसी सैनिकले शुक्रबार आगो लगाइदिएका छन् । आगलागी भए पनि त्यहाँबाट विकिरण नचुहिएको जानकारहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
२o८१ बैशाख २८ शुक्रबार o५:५८:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

६ नेपाली  युक्रेनको बंकरमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o५:५८:oo

५१६ नेपालीले युक्रेन छाडे, हंगेरी पुगेका चारको भारतीयसँगै उद्धार 

युद्धग्रस्त युक्रेनबाट बाहिरिने प्रयास गरिरहेका ६ नेपाली सुरक्षाका लागि बंकरमा छन् । पोल्यान्ड सीमा पारका लागि पश्चिमतर्फ हिँडेका उनीहरू शुक्रबार स्टारोबेल्सस्थित बंकरमा बसेका हुन् ।

‘६ नेपाली स्टारोबेल्समा रहेको बंकरमा सुरक्षित रुपमा बस्नुभएको छ,’ युक्रेनका लागि गैरआवासीय राजदुत रामकाजी खड्काले भने, ‘उहाँहरू श्निबारसम्म सीमा पार गरेर पोल्याण्ड आइपुग्नुहोला ।’ 

युक्रेनबाट शुक्रबार साँझसम्म कम्तिमा पाँचसय १६ नेपाली बाहिरिएका छन् । आठ दिनदेखि युक्रेनमा जारी रुसी हमलाबाट उत्पन्न त्रासकाबीच नेपाली बाहिरिने क्रम जारी छ । राजदुत खड्काका अनुसार हालसम्म ४०८ नेपाली पोल्याण्ड पुगेका छन् । श्लोभाकियामा ७१, रोमानियामा ३३ र हंगेरीमा ६ नेपाली प्रवेश गरेको उनले बताए । नेपाली मूलका चारजना युक्रेनी नागरिक मोल्दोभा पुगेका छन् । ‘अब युक्रेनमा नेपालीको संख्या धेरै छ जस्तो लाग्दैन, हामीसँग सम्पर्कमा आउनेको संख्या थोरै छ,’ उनले भने । 

पोल्याण्ड सीमा प्रहरीले मेडिका क्षेत्रमा पक्राउ गरी हिरासतमा राखेका १५ नेपाली बिहीबार रातिसम्म मुक्त भइसकेका छन् । उनीहरू वार्सा पुगेको राजदूत खड्काले बताए । शुक्रवारदेखि पोल्याण्डले मेडिका सीमानाकाबाट युक्रेनी नागरिकबाहेक विदेशीलाई प्रबेश बन्द गरेको छ । 

नेपालीको उद्दारमा सहजीकरणका लागि पोल्याण्ड सीमा क्षेत्रबाट खड्का शुक्रवार राजधानी वार्सास्थित विदेशी नागरिक राखिएको शरणार्थी शिविरमा पुगेका छन् ।  दुई शिविरमा करिब २० नेपाली रहेको उनले बताए । ‘पोल्याण्ड पुगेका ४०८ जनामध्ये जम्माजम्मी २० जति नेपाली दुईवटा क्याम्पमा रहनुभएको छ, बाँकी ३८८ जना आफन्त, साथीभाइको सम्पर्कमार्फत् आफ्नो गन्तव्यतर्फ लागिसक्नुभएको छ’ उनले भने, ‘क्याम्पमा रहेकाहरूले पनि तत्काल स्वदेश फर्किन चाहदैनौँ भन्नुभएको छ । त्यसकारण यताबाट  नेपालीहरूलाई उद्दार गर्नुपर्ने अवस्था छैन ।’ यद्यपि उद्दार गर्नुपर्ने अवस्था भए नेपाली राजदूतावासलाई जानकारी दिन आग्रह गरिएको उनले बताए । 

युक्रेनबाट बाहिरिएकामध्ये अहिलेसम्म ४ नेपालीको उद्दार भएको छ । हंगेरी प्रबेश गरेका ६ मध्ये चार जनालाई भारत सरकारले उद्दार गरिदिएको हो । भारतीयहरूको उद्दारका क्रममा विहीवार र शुक्रबार दुई–दुई जनाको उद्दार भएको हो । ‘हामीले युक्रेन, पोल्याण्ड, हंगेरी, रोमानिया, श्लोभाकिया हेर्ने भारतीय राजदूतहरूसँग सम्पर्क र समन्वय गरिरहेका छौँ, उहाँहरूले भारतीयहरूसँगै नेपाली नागरिकलाई पनि उद्दार गरिदिने आश्वासन दिनुभएको छ, अहिलेसम्म हंगेरीबाट चार जनाको उद्दार भएको छ’ राजदूत खड्काले भने ।

परराष्ट्र मन्त्रालयले पनि युक्रेनको सुरक्षास्थितिलाई ध्यानमा राखी नेपालीलाई सुरक्षित स्थानमा जानका लागि सहजीकरण जारी राखेको जनाएको छ । बर्लिनस्थित राजदूताबासले गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायको समन्वयमा उद्दारका लागि आवश्यक समन्वय गरिरहेको शुक्रवार विज्ञप्तिमार्फत् परराष्ट्रले उल्लेख गरेको छ । 

‘युक्रेनका विभिन्न स्थानमा रहेका बाँकी केही नेपाली तुलनात्मकरुपमा सुरक्षित रहेको पश्चिम क्षेत्रतर्फ जाँदैछन्, केही सीमाक्षेत्रबाट बाहिरिने प्रक्रियामा छन्’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनको सीमानामा रहेका मोल्दोभा, हंगेरी, रोमानिया, श्लोभाकिया र पोल्याण्ड सरकारलाई युक्रेनबाट नेपाली नागरिकहरूको सुरक्षित आगावमनमा सहयोग गरिदिन नेपाल सरकारका तर्फबाट अनुरोध भएको छ र तदनुरुप मित्रराष्ट्रहरूबाट सहयोग प्राप्त भएको छ ।’

युक्रेन युद्धको नवौं दिन : युरोपको ठूलो परमाणु केन्द्र रुसको कब्जामा 
युक्रेनमा रुसले हमला गरेको नवौं दिन शुक्रवार युरोपको सबैभन्दा ठूलो परमाणुकेन्द्र भवनमा रुसी सैनिकले आगो लगाइदिएका छन् । युक्रेनको जापोरिज्या भन्ने ठाउँमा रहेको परमाणु केन्द्रमा आगलागी भएपनि त्यहाँबाट विकिरण नचुहिएको जानकारहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

रुस र युक्रेनबीच बिहीवार भएको वार्तामा युद्धक्षेत्रबाट नागरिकलाई बाहिरिनका लागि सुरक्षित कोरिडोर तयार गर्ने बिषयमा केही प्रगति भएको बताइए पनि पुष्टि भएको छैन । यसका लागि अस्थायी युद्धविरामका बिषयमा छलफल भए पनि प्रगति छैन । युक्रेनी राष्ट्रपतिका सल्लाहकारका अनुसार रुससँग तेस्रो चरणको वार्ता आइतवारसम्म हुने सम्भावना छ ।

शुक्रवार जर्मन चान्सलर ओलाफ सोल्जले युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका छन् । एक घण्टा लामो टेलिफोन वार्तामा चान्सलर सोल्जले यस्तो आग्रह गरेको बिबिसीले जनाएको छ । लडाई भएका ठाउँमा मानवीय सहायताका लागि उद्दारकर्ताहरूलाई पहुँच दिन पनि आग्रह गरेका छन् । नेटोका महासचिब जेन्स स्टोल्टनबर्गले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा युक्रेनमा रुसले प्रतिबन्धित घातक हतियार प्रयोग गरेको आरोप लगाएका छन् । उनले रुसले क्लस्टर बमको प्रयोग गरेको आरोप लगाए । यद्यपि रुसले यो आरोपको खण्डन गरेको छैन । नेटोले युक्रेनमा रुसविरुद्ध लड्न फौज नपठाउने पनि महासचिब स्टोल्टनबर्गले स्पष्ट पारेका छन् । 

यता, युद्धको नवौं दिन रुसी सरकारले सबै जनतालाई युक्रेनविरुद्धको लडाईँमा राष्ट्रपति पुटिनलाई साथ र समर्थन दिन आह्वान गरेको छ । युक्रेनविरुद्ध भएको हमलालाई लिएर जनमत विभाजित मात्रै होइन, राजधानी मस्कोमा विरोध प्रदर्शन नै हुन थालेपछि रुसले शुक्रवार जनतालाई आह्वान गरेको अलजजिराले जनाएको छ । रुस सरकारका प्रबक्ता द्विमित्री पेस्कोभले भनेका छन्, ‘यो समय हामी विभाजित हुने होइन, राष्ट्रपति पुटिनको साथमा एक हुनुपर्छ र उहाँलाई समर्थन गर्नुपर्दछ ।’
 

ad
ad