१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आइओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:o७:oo

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएर आएको छ। रुस र युक्रेनबीचको द्वन्दका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको नेपाल आयल निगम (एनओसी)ले जनाएको छ।

आइओसीले आजदेखि नयाँ मूल्यबमोजिम नेपाललाई पेट्रोलियम पदार्थ उपलब्ध गराउनेछ। एनओसीलाई आज आइओसीले नयाँ मूल्यसूची पठाएको हो। उक्त सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।

भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेलमा ३.०८ रुपैयाँ र मटितेलमा प्रतिलिटर १०.३० रुपैयाँ वृद्धि भएको छ। हवाई इन्धनको मूल्य प्रतिलिटर ३.३२ रुपैयाँ तथा एलपिजी ग्याँसमा प्रतिसिलिन्डर १०० रुपैयाँ बढेको छ। 

भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार अब एनओसीलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्याँसमा प्रतिसिलिन्डर ६६५ रुपैयाँ घाटा हुने देखिएको छ। आइओसीले कायम गरेको नयाँ मूल्यसूचीअनुसार एनओसीलाई मासिक ६ अर्ब १८ करोड रुपैयाँ घाटा हुने बताइएको छ।

 

ad
ad