१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १३:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा १३औँ पटक हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै, रोग नियन्त्रण चुनौतीपूर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:oo:oo

लमजुङमा हात्तीपाइले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको छ। जिल्लामा रोग नियन्त्रणका लागि सन् २००९ देखि कार्यक्रम लागू भए तापनि न्यूनीकरण नहुँदा रोग नियन्त्रण गर्न चुनौती बढेको हो। हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारी अभियानसमेत सञ्चालन गरिएको छ। जिल्लामा सन् २००९ देखि २०१५ सम्ममा हात्तीपाइले रोग नियन्त्रण कार्यक्रम सञ्चालन भइसकेको छ।

स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीका अनुसार जिल्लामा सातौँ चरणको औषधि सेवन अर्थात् दोस्रो प्रिटान्स गर्दा ५.३२ प्रतिशत संक्रमित फेला परेका थिए। आठौँ, नवौँ, दशौँ, एघारौँ र बाह्रौँ राउन्डको औषधि सेवन तथा तेस्रो प्रिटान्समा त्यो संख्या घटेर हाल ४ प्रतिशत कायम भएको दवाडीले जानकारी दिए। उनका अनुसार रोग निदानका लागि हुनुपर्ने एक प्रतिशतभन्दा कम लक्ष्य हासिल हुन नसकेको हुँदा तेह्रौँ चरणको अभियान सञ्चालन गर्नुपरेकोे हो। जिल्लामा यस वर्ष फागुन २८ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ।


बढी प्रभावित राइनासमा ११५ संक्रमित
लमजुङको राइनास नगरपालिकाको चक्रतीर्थ र धमिलीकुवा क्षेत्रलाई बढी प्रभावित क्षेत्रको रूपमा लिइएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उक्त क्षेत्रमा एक सय १५ संक्रमित भेटिएका छन्। जसमा ३० जनामा खुट्टा सुनिने, ७६ जनामा हाइड्रोसिल र नाैजनामा यौनांग सुन्निनेलगायतका लक्षण रहेको कार्यालय प्रमुख दवाडीले जानकारी दिए।

जिल्ला स्वास्थ्य कार्यालय लमजुङको आर्थिक वर्ष ०७५/७६ को तथ्यांकअनुसार जिल्लामा एक सय ३९ जनामा हात्तीपाइलेको लक्षण देखिएको छ। जसमा ३९ जनाको गोडा सुन्निएको, ९० जनाको हाइड्रोसिल र नाैजनामा अन्य लक्षण रहेको दवाडीले बताए।

औषधि सेवन नगर्दा समस्या
औषधिका कारण ‘साइड इफेक्ट' हुन्छ भन्ने भ्रममा पर्दा यो रोगविरुद्धको औषधि सेवन गर्ने कम रहेका स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । जिल्लामा ग्रामीण क्षेत्रका बासिन्दाले औषधि खाने दर सहरी क्षेत्रको तुलनामा बढी रहेको छ। दुई वर्ष उमेरमाथिका, दीर्घरोगी, गर्भवती, सिकिस्त बिरामी, मुटु–कलेजो रोगी, मिर्गौला र छारेरोगीबाहेकका सबैले हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्ने भए पनि शिक्षित, सम्पन्न र हुनेखानेले नै औषधि नखाने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख दवाडीले बताए।

ad
ad