१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपाललाई ‘पराया स्टेट’ नबनाऔँ : कांग्रेस नेता रिजाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:४३:oo

नेपाली कांग्रेसका सांसद डा मीनेन्द्र रिजालले अमेरिकाबाट मात्र नभएर भारत र चीनबाट पनि सहयोग लिएर देशको विकास गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले यस्तो बताएका हुन् । चीन, अमेरिका, भारत सबैतिरबाट फाइदा लिऔँ । नेपाललाई एउटा कुनाको टापु बनाएर ‘पराया स्टेट’ नबनाऔँ', नेता रिजालले भने,  ‘सत्तामा बस्नेलाई पनि चेतना आओस् । यहाँ बसेर नारा लाउने साथीहरूलाई पनि आओस् ।’ 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई लक्षित गर्दै नेता रिजालले नारा लाएर मात्रै लोकतन्त्र बलियो नहुने टिप्पणी गरे । एमालेको माग पूरा गरेर जानको लागि वातावरण बनाउन दिन पनि उनले एमालेलाई अग्रह गरे । हिजो सत्तामा र यो सम्झौता ल्याउँदा संगै भएकाले अहिले विभिन्न ठाउँमा बाँडिएर मुलुकलाई अप्ठ्यारोमा नलानसमेत उनले आग्रह गरे ।

नेपाली जनतालाई गुमराहमा राख्न नहुने बताउँदै सांसद रिजालले भने, ‘चीन र भारतबाट सहायता लिऔँ । बिआरआईबाट पनि सहायता लिऔँ । यो सहायता हामीले एमसिसीबाट लिन्छौँ भने अरू परियोजनाबाट सहायता चीनबाट लिऔँ । यसरी नेपालको विकास गर्ने बाटोमा जाऔँ ।’

ad
ad