१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १४:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाल इन्भेष्टमेन्ट बैंकले पूरा गर्‍याे ३६ वर्ष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o१:oo

नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६ वर्ष पूरा गरेको छ । ३६औँ वार्षिकाेत्सवको अवसरमा बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरूले रक्तदान, वृद्धाश्रम तथा बालगृहमा खाना खुवाउने तथा विभिन्न खेलकुदका कार्यक्रमको आयोजना गरेको बैंकले जनाएको छ । 

३६औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय साक्षरताका लागि चौथो कमिक बुक ‘बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा’को विमोचन गरेको छ । त्यसैगरी ग्राहकसँगको सम्बन्ध कायम राख्न बैंकले ‘निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता’समेत सञ्चालनमा ल्याएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकका देशभरि गरेर ८८ शाखा, ३१ राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा १३१ एटिम सञ्चालनमा छन् भने १२ लाख ग्राहक रहेका छन् । 
 

ad
ad