१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

जाहेरी परेको तीन दिन बित्दासमेत पक्राउ परेनन् पल शाह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:३३:oo

जाहेरी दर्ता भएको तीन दिन बितिसक्दा पनि जबर्जस्ती करणीका अभियुक्त पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जबर्जस्ती करणीको जाहेरी परेको थियो । 

पल काठमाडौंभित्रै लुकेर बसेको आशंकापछि जिल्ला प्रहरी कार्यालय तनहुँले जाहेरी दर्ता भएको भोलिपल्टै पक्राउका लागि महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्रसहित अनुरोध गरेको थियो । काठमाडौं परिसरले खोजीका लागि मातहतको १४ वटै वृत्तलाई निर्देशन गरेको छ । यस क्रममा प्रहरीले पलनजिकका आफन्त मात्र नभई संगतका साथीसँग समेत सोधपुछ गरेको छ । तर, उनलाई पक्राउ गर्न भने प्रहरीले सकेको छैन । 

काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले पलको खोजी भइरहेको जानकारी दिए । उनले भने, ‘पललाई पक्राउ गर्न हामी कहाँपत्र आएको छ । सम्भावित ठाउँमा खोज्ने काम प्रहरीले सुरु गरिसकेको छ । केहीसँग सोधपुछ पनि भएका छन् । तर, फेला पर्न सकेको छैन । खोजी कार्य जारी छ ।’

काठमाडौं परिसरका टोलीले खोजीका क्रममा चलचित्र निर्माता सुर्दशन थापा, अभिनेतृ पूजा शर्मासँग सोधपुछ गरिसकेको छ । टेलिफोन ‘स्विच अफ’ गरेर बसेको हुँदा पलको ‘लोकेसन’ पत्ता लगाउन प्रहरीलाई गाह्रो भइरहेको छ । पलविरुद्ध १७ वर्षीया गायिकालाई पटक–पटक बलात्कार गरेको अभियोग लागेको छ । प्रहरीका अनुसार जिप्रका तनहुँमा पीडितका बुबा उपस्थित भएर पलविरुद्ध जाहेरी दिएका थिए । 

जोहेरीमा उल्लेख भएअनुसार गायिकाविरुद्ध अन्तिमपटक गत १४ वैैशाखामा तनहुँ शुक्लागण्डकी नपा–४ दुलेगौँडास्थित प्रदीप थापाको घरमा बलात्कार गरेका थिए । त्यसअघि उनले १० पुस ०७७ मा पोखरास्थित होटेल प्राइम र ७ चैत ०७७ मा चितवनस्थित गैँडाकोट रिसोर्टमा बलात्कार गरेका थिए ।

ad
ad