१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीको विषयमा प्रधानमन्त्री देउवा र बाबुराम भट्टराईबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १८:२७:oo

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बालुवाटार पुगेका छन्। अमेरिकी सहयोग परियोजना एमसिसीको र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भट्टराई बालुवाटार पुगेका हुन्। भट्टराई संसदबाट एमसिसी पारित गर्नुपर्ने अडानमा छन्। जसपाभित्र अध्यक्ष उपेन्द्र यादवले प्रस्ट धारणा दिइसकेका छैनन्।

जसपाभित्र यादव र भट्टराईबीच दुरी बढिरहेको छ। भट्टराईले कि गठबन्धन दल सबै एमसिसीको पक्षमा उभिनुपर्ने नभए नयाँ समीकरण बन्नुपर्ने बताउँदै आएका छन्। एमसिसी पारित गर्ने अडानमा रहेका प्रधानमन्त्री देउवाले आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। प्रधानमन्त्री र ओलीबीच फेरि साँझ ७ बजे छलफल हुँदै छ। त्यसअघि भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीसँगको भेटमा कृषिमन्त्री महेन्द्रराय यादव र सांसद इस्तियाक राई पनि सहभागी छन्।
 

ad
ad