१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

हिमालयन ह्वाइट हाउसको दोस्रो जित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:५६:oo

काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुुलले धनगढीमा जारी लिटिल फ्लावर प्रिमियर लिगमा दोस्रो जित निकालेको छ । कञ्चनपुरको शारदा सरस्वती माविलाई ७९ रनअन्तरले हराउँदै हिमालयनले सानदार जित दर्ता गरेको हो । यसअघि शनिबारको खेलमा उसले कैलालीको एभरेस्ट एकेडेमीलाई ८१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

हिमालयनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७३ रन बनाएको थियो । हिमालयनका दीपक बोहराको जोडीले ५० रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए । दीपक बोहरा (सिनियर)ले ३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले ४८ रन बनाए । २० बलको सामना गरेका अर्का दीपकले तीन चौका र एक छक्काको मद्दतमा ३१ रन बनाए । यस्तै, राहुल भण्डारीले दुई छक्का र दुई चौकासहित ३० बलमा ४० रनको पारी खेले । वसन्त कार्की २० र अनुप कुँवरले १७ रन जोडे ।

बलिङतर्फ शारदाका मिलन बोहरा र अर्जुनसिंह साउदले दुई–दुई तथा गणेश बिटालु, प्रेम थापा र विकास सुनारले एक–एक विकेट लिए । एक सय ७४ रनको लक्ष्य पछ्याएरको शारदाका ब्याट्सम्यान हिमालयनका बलरसामु टिक्न सकेनन् । शारदा १७.५ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो । शारदाका मिलन बोहराले १९, गणेश बिटालुले १४ र सागर चन्दले ११ रन बनाए । शारदालाई सस्तैमा समेट्न हिमालयनका राहुल भण्डारीले महत्वपूर्ण चार विकेट लिए । 

दोस्रो खेलमा गेटाको विद्याभूषण पब्लिक स्कुलले लिटिल फ्लावर स्कुल धनगढीलाई ५५ रनले पराजित गर्‍यो । विद्याभूषणले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनायो । एक सय ४४ रनको लक्ष्य पछ्याएको लिटिल फ्लावरका कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । उसले १७.६ ओभरमा अलआउट हुँदै ८८ रन मात्रै जोड्यो । विपिन रावलले ३३ बलमा ३० रन, नरेन भट्टले १९ र प्रकाश जैशीले १५ रन बनाए । विद्याभूषणका कप्तान शेर मल्लले चार, प्रदीप चन्दले तीन, अर्जुन साउद, वीरेन्द्रनाथ र नरेन साउदले एक–एक विकेट लिए ।

विद्याभूषणका लागि वीरेन्द्रनाथले २६ बलमा ३४ रन, प्रदीप चन्दले २३ बलमा ३०, सुरेन्द्र ऐरीले १७, नरेन साउद १४ र कप्तान शेर मल्ल १० रन बनाएर  आउट भए । 

ad
ad