१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १० बिहीबार
  • Thursday, 23 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १० बिहीबार o७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमसिसी आज पनि संसदमा टेबुल हुन कठिन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १० बिहीबार o७:o३:oo

शुक्रबार बस्ने संसद् बैठकमा पनि एमसिसी टेबुल हुन कठिन देखिएको छ । दिउँसो १ बजे बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा एमसिसी छैन । बैठकअघि ११ बजे सभामुखले कार्य व्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । त्यसमा सहमति नजुटे एमसिसी कार्यसूचीमा नथपिने संसद् सचिवालयको भनाइ छ । त्यसअघि बस्ने सत्तागठबन्धनको बैठकमा सहमति जुटे पनि टेबुल हुन सक्छ । 

संसदमा लैजाने अधिकांश बिजनेसबारे सभामुखले कार्य व्यवस्थामा छलफल गर्ने प्रचलन छ । संसद्मा रहेका सबै दलको प्रतिनिधित्व रहने बैठकमा उनीहरूले राख्ने धारणाअनुसार सभामुखले सभाको कार्यसूची तय गर्ने गरेका छन् । सभामुखले कार्य व्यवस्थाको बैठक नबसाली पनि कार्यसूची तोक्न सक्छन् । 

बुधबार कार्य व्यवस्था बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले एमसिसी टेबुल गनुपर्ने प्रस्ताव ल्याएका थिए । तर, माओवादी र समाजवादीले सदन अवरोध खोलेपछि मात्र एमसिसीजस्तो संवेदनशील मुद्दा अगाडि बढाउनुपर्ने अडान राखेका थिए ।

ad
ad