Skip This
प्रेरक प्रसंग : महात्मा र अभिभावक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Sunday, 16 June, 2024
२o८१ जेठ ९ बुधबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : महात्मा र अभिभावक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार o६:o६:oo

एक बालक अति नै धेरै सक्खर खाने गर्थे । उनको यस बानीबाट उनका अभिभावक हैरान थिए । एक दिन पिताले बालकलाई गाउँका एक महात्माकहाँ लिएर गए । उनले महात्मासित अनुरोध गरे– गुरुदेव, मेरो छोरा भर्खर ८ वर्षको भयो । यसलाई हामी असाध्य माया गर्छौं । तर, ऊ अति नै धेरै सक्खर खान्छ । यसबाट उसको स्वास्थ्य खराब भइरहेको छ । उसको यो बानी छुटाउन हामीले हरसम्भव कोसिस गरिसक्यौँ । तर, हाम्रो हरेक कोसिस खेर गयो, हामी असफल भयौँ । अब तपाईंबाटै केही सहयोग पाउने आशामा आएका छौँ । जसरी भए पनि उसको यो बानी छुटाइदिनुप¥यो गुरुदेव !

महात्माले सबै कुरा सुनिसकेपछि भने– ठीक छ, अहिले जानुहोस्, दुई हप्तापछि आउनुहोस् । महात्माको जवाफ उनलाई अनौठो त लाग्यो । तर, उनले महात्मासित बहस गर्न सकेनन्, चुपचाप घर फर्किए । दुई सातापछि छोरालाई लिएर उनी महात्माकहाँ उपस्थित भए । उनले महात्मालाई भने– गुरुदेव, तपाईंले यसका लागि हामीलाई किन दुई हप्तापछि आउनू भन्नुभयो ? तपाईंले पहिले त कहिल्यै यस्तो भन्नुभएको थिएन ।

 महात्माले भने– मेरो पनि केटाकेटीदेखि नै गुलियो खाने खराब बानी थियो । तर, स्वयं मैले नै मेरो बानी छोड्न सकेको थिइनँ भने तिम्रो बालकलाई के भनेर कुन मुखले सम्झाउन सक्थेँ र ? यी दुई सातामा मैले तिम्रो छोरालाई रामै्रसँग सम्झाउन सकूँ भनेर आफूले आफूलाई राम्रोसित नियन्त्रित गरेँ । र, अब बल्ल म तिम्रो छोरालाई सम्झाउन तयार भएँ । यस कथा प्रसंगबाट यही प्रस्ट हुन्छ कि जो मानिसको कथनी र करनीमा अन्तर छ, उसको विचारको प्रभाव कसैमा पनि पर्नेवाला छैन । त्यसैले कसैलाई कुनै उपदेश दिनुअघि स्वयंलाई राम्ररी मनन गर्नु जरुरी छ ।

ad
ad
ad
ad