Skip This
रुसले नयाँ युद्धमोर्चा खोलेपछि उच्च दबाबमा युक्रेन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १० बिहीबार
  • Sunday, 16 June, 2024
माइकल कोफम्यान/रोब ली
२o८१ जेठ १० बिहीबार १६:४७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण डिजिटल संस्करण

रुसले नयाँ युद्धमोर्चा खोलेपछि उच्च दबाबमा युक्रेन

रुसले युक्रेन कमजोर भएको समयमा दोस्रो ठूलो सहरतर्फ सेना अघि बढाएको छ।

Read Time : > 3 मिनेट
माइकल कोफम्यान/रोब ली
नयाँ पत्रिका
२o८१ जेठ १० बिहीबार १६:४७:oo

गत हप्ता रुसी सेनाले युक्रेनमा जारी युद्धमा नयाँ मोर्चा खोल्यो । उत्तरपूर्वी खार्किभ प्रान्तमा खोलिएको यस मोर्चाअन्तर्गत रुसी फौजले युक्रेनको सिमानादेखि निकै भित्रसम्म पसेर कैयौँ सीमावर्ती गाउँ पुनः कब्जामा लिन सफल भएको छ। तथापि ऊ खार्किभ सहरको पूर्वमा तैनाथ युक्रेनी प्रतिरक्षाको बलियो घेरासम्म भने पुगेको छैन ।

प्रतिरक्षा घेरालाई उन्नत हतियारले सुसज्जित अनुभवी ब्रिगेडले पहरा दिइराखेकाले रुस त्यहाँसम्म नजाला। यसका बाबजुद पछिल्लो समय युक्रेनको स्थिति बिग्रिएको छ। खार्किभ युक्रेनको दोस्रो ठूलो जनसंख्या भएको सहर हो । यस सहर कब्जा हुन नदिन युक्रेनी सेनाले अब पूर्वी भेगका मुख्य युद्धमैदानका जनशक्ति तथा हातहतियार यस भेगतर्फ स्थानान्तरण गर्नुपर्ने हुन्छ। 

अहिलेका लागि युक्रेनको मुख्य प्राथमिकता युद्धमोर्चालाई स्थिर पार्नु र रूसलाई ठूलो सफलता हासिल गर्नबाट रोक्नु देखिन्छ, जसमा उसले ठूलो चुनौती सामना गर्नुपर्नेछ । विशेषतः गत वर्षदेखि जम्मा हुँदै गएका चुनौतीका शृंखला सम्बोधन गर्न व्यस्त भएको समयमा नयाँ मोर्चा खोलिएको छ । अमेरिकी कंग्रेसमा लामो समयदेखि रोकिएको अर्बौं डलरको विशाल आर्थिक सहायता विधेयक पास भपछि उसले राहतको सास फेरेको थियो। 

युक्रेनी सेना पहिलेदेखि फराकिलो भागमा छरिएर लडिरहेको छ । यस्तोमा खार्किभ सहर रक्षाका लागि थप स्रोत तथा जनशक्ति परिचालन गर्न बाध्य हुँदा युद्धमोर्चाका अन्य भाग युक्रेनी अवस्थिति कमजोर बन्नेछ ।

यी सहयोग युद्धमोर्चामा पुग्न समय लाग्नेछ, त्यति वेलासम्म युक्रेनले रुसी फौजको अग्रगमनलाई रोक्नुपर्नेछ । रुसको उद्देश्य खार्किभलाई पूर्ण रूपमा कब्जामा लिनुभन्दा पनि सहरतर्फ आफ्नो सेना अघि बढाएर बमबारीको डर देखाउनु हुनेछ । रुससँग यस सहरमाथि पूर्णस्तरको आक्रमण गर्ने स्रोत नभए पनि ऊ प्रतिद्वन्द्वीलाई द्विविधामा राख्ने रणनीति अपनाउनेछ। 

युक्रेनी सेना पहिलेदेखि फराकिलो भागमा छरिएर लडिरहेको छ । यस्तोमा खार्किभ सहर रक्षाका लागि थप स्रोत तथा जनशक्ति परिचालन गर्न बाध्य हुँदा युद्धमोर्चाका अन्य भाग युक्रेनी अवस्थिति कमजोर बन्नेछ । रुस मुख्यतः दोनेत्स्कको बाँकी भाग कब्जा गर्न केन्द्रित छ । त्यस्तै ऊ रुसी भूमि र क्रिमियाबीचमा पर्ने भूमिका प्रमुख ट्रान्जिट हब र जनसंख्या केन्द्रलाई नियन्त्रण लिने रणनीतिमा छ। रुस फौज अगाडि बढेसँगै केही युक्रेनी एकाइहरू दोनेत्स्कबाट खार्किभतर्फ तैनाथ हुन सुरु भइसकेको छ । यस्तो समयमा रुसले उसको रिजर्भ फोज दोनेत्स्कतर्फ परिचालन ग¥यो भने सो क्षेत्र रुसी अतिक्रमणको जोखिममा पर्नेछ । रुसी सेनाले खार्किभको पूर्वतर्फ रहेको कुपियान्स्क र दक्षिणी क्षेत्र जापोरिझियामाथि पनि दबाब बनाइराखेको छ । सुमी र चेर्निहाइभका सीमा क्षेत्रमा छिट्टै रुसी फौजले घुसपैठ गर्न सक्छ। 

युक्रेन अहिले कमजोर भएको समयमा पछिल्लो रुसी आक्रमणमा तीव्रता आएको छ । गत वर्ष जाडो सुरु हुुनुअघिदेखि उसले तीनवटा अन्तरसम्बन्धित समस्या झेल्दै आएको छ– गोलाबारुद, जनशक्ति तथा बलियो प्रतिरक्षा घेराको अभाव। युक्रेनले वसन्त ऋतुमा प्रतिरक्षा घेरा निर्माणमा प्रगति हासिल गरेको छ। अमेरिकाको आर्थिक सहायता प्याकेजले उसको गोलाबारुदको अभाव पनि कम हुनेछ। जहाँसम्म युद्ध मैदानमा देखिएको जनशक्तिको अभाव छ, त्यसको समाधान छिटै हुने संकेत देखिँदैन। 

युक्रेनले विशेषतः स्थलसेनाको चरम अभाव भोगिरहेको छ। गत वर्षको ग्रीष्ममा युक्रेनले सुरु गरेको प्रत्याक्रमण मुख्यतया स्थलसेनाकै कमीका कारण उलेख्य सफलताविना टुंगियो । र, त्यसयता उसले सो अभाव हटाउन संघर्ष गरिरहेको छ । यसको मतलब युद्धको अग्रभागमा बनाइएका प्रतिरक्षा घेरामा पहरा दिने र समय–समयमा पालो दिन पुग्ने स्थल सैनिकको अभाग छ। 

यस्तो स्थितिमा जो जति युद्धमैदानमा छन्, उनीहरू लामो समयको सक्रियताका कारण चाँडै थाक्छन् । यसले सेनामा स्वयंसेवा गर्न चाहनेलाई निरुत्साहित गर्छ । अहिले अधिकांश युक्रेनी ब्रिगेड न्यून जनशक्तिको समस्या झेलिरहेका छन् । भएका जनशक्तिमध्ये पनि धेरै ४० वर्षभन्दा माथिको उमेर समूहका छन्।

युक्रेनमा युद्धमोर्चामा सेवा गर्न सक्ने पुरुषको कमी भएको भने होइन । अहिलेको समस्या खासमा सैन्य परिचालन प्रणालीको सुधारमा लगाइएको लामो समयले निम्त्याएको हो । महिनौँको छलफलपछि भर्खरै युक्रेनले सैन्य परिचालनसम्बन्धी केही कानुन पारित गरेको छ। यी कानुनले सेना परिचालन गर्न आह्वान गर्न सकिने युवाहरूको न्यूनतम उमेर घटाएको छ। त्यस्तै सेनामा सेवा गर्नबाट उम्किन खोज्नेहरूलाई सजायको व्यवस्था गरेको छ। 

त्यस्तै केही अवस्थामा कैदीहरूलाई समेत युद्धमोर्चामा प्रयोग गर्ने बाटो खुलाइएको छ । त्यस्तै युद्धमा स्वयंसेवा गर्न चाहनेहरूलाई विशेष व्यवस्था अघि सारिएका छन् । यी कानुनको कार्यान्वयनमार्फत युक्रेनको जनशक्ति समस्या सम्बोधन हुने आशा राखिएको छ । तथापि धेरै कुरा तिनको कार्यान्वयनमा भर पर्छ । सबै कुरा अपेक्षाअनुरूप चले पनि जनशक्तिको अभावमा सुधार ल्याउन महिनौँ लाग्नेछ।

जनशक्ति तथा गोलाबारुदको अभावबाट हुन सक्ने क्षति कम गर्न युक्रेनको सेनाले आफ्ना उत्कृष्ट ब्रिगेड तथा एलिट इकाइहरूलाई युद्धको सबैभन्दा अग्रभागमा परिचालन गरिरहेको छ । यो रणनीति बखमुत र अभ्डिकाका कठोर लडाइँमा प्रयोगमा ल्याइएको थियो । तर, यस रणनीतिअन्तर्गत युक्रेनी फौजले पर्याप्त आराम गर्न नपाएको अध्ययनले देखाएको थियो । त्यसबाहेक युक्रेनले केही युद्धमोर्चालाई सुदृढ पार्न व्यक्तिगत बटालियन तैनाथ गरिरहेको छ, जसले तिनका बाँकी बटालियनको साथ पाउँदैनन्। 

यी अल्पकालीन समाधान हुन्, जसको दीर्घकालीन असर हुनेछ। किनकि यी एकाइ समयसँगै कम हुँद जान्छन्। युक्रेन जनशक्तिको अभावसँग जुधिरहेको रुस भने गत वर्ष यो समस्यालाई सम्बोधन गर्न सफल भयो। अहिले उसले प्रत्येक महिनामा झन्डै ३० हजार करारका सेना भर्ती गरिरहेको छ । यो जनशक्ति हातहतियार ओसारपसार, ड्रोन सञ्चालन र निर्देशित बम प्रहारमा प्रयोग भएकाले यसले रुसलाई फाइदा पुगिरहेको छ। 

रुसले जनशक्तिको अभाव हुन नदिए पनि उसले भर्ती गरेका प्रायः जनशक्ति उच्चस्तरका सिपाही होइनन् । त्यस्तै तिनको ठूलो हिस्सा ४० वर्षमाथिको छ । न्यून गुणस्तरको सेना नेतृत्वमा पुगेको क्षतिका कारण रुसले अग्रगमनलाई ठूलो सफलतामा रूपान्तरण गर्न सकिरहेको छैन । साथै उसले ठूलो परिमाणको गोलाबारुद प्रयोगमा ल्याइरहेको छ, जसमध्ये अधिकांश भण्डारणबाट निकासा गरिएका हुन् । अर्को वर्ष अर्थात् सन् २०२५ देखि उसले गोलाबारुद अभावको सामना गर्ने स्थ्तिि देखिँदै छ। 

युक्रेनलाई दिइने आर्थिक सहायतासम्बन्धी विधेयक अमेरिकी संसद्बाट पारित भएपछि युक्रेनलाई सहयोग आउने सुनिश्चिता प्रदान गरे पनि कठिनाइ कम गरेको छैन। ऊ अहिले हतियार युद्धमोर्चामा आइपुग्ने समय पर्खी बसेको छ । यो रकमले युक्रेनी फौजलाई उसको स्थिति थप बलियो बनाउन वा केही स्थानमा भूमि फिर्ता हासिल गर्ने अवसर प्रदान गर्न सक्छ। यदि युक्रेनले यस वर्ष रुसलाई सामान्य लाभमै सीमित गर्न सक्यो भने मस्कोको अग्रगमन सकिने सम्भावना छ । त्यसपछि अर्को वर्ष उसको सापेक्षिक लाभ कम हुन थाल्नेछ। 

यसअवधिमा युक्रेनले पश्चिमले दिने गोलाबारुद वा हातहतियार प्राप्त गर्ने मात्र होइन, जनशक्तिको लामो समयको अभाव सम्बोधन गर्दै तिनको प्रभावकारी व्यवथापन गर्न सक्छ । यस्तोमा आगामी केही महिना युक्रेनले ठूलो दाउ खेल्नुपर्नेछ। 

द न्युयोर्क टाइम्सबाट

ad
ad
ad
ad