१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १० बिहीबार
  • Tuesday, 24 June, 2025
२o८१ जेठ १० बिहीबार २१:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सगरमाथा आरोहणका क्रममा केन्याली नागरिकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १० बिहीबार २१:५६:oo

सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको को मृत्यु भएको छ। 

पर्यटन विभागका अनुसार विनाअक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो। बुधबार राति सगरमाथा चुचुरोनजिकै (८,८३० मिटर) उनी मृतावस्थामा भेटिएका थिए। 

मे १८ तारिखका दिन नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधार शिविरबाट दोस्रो शिविरतर्फ गएका थिए। उनी २० मे का दिन तेस्रो शिविर पुगेका थिए। २१ मेका दिन चौथो शिविर पुगेका उनीहरू २२ मे (बुधबार) बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए।

आरोही र सहयोगी सगरमाथानजिकै पुगे पनि आरोहण गरे-नगरेको यकिन नभएकोसमेत विभागले जनाएको छ। बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चारजना अनुभवी माउन्टेन पथप्रदर्शक क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो । सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो । सहयोगी शेर्पाको अवस्था समेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ। (रासस)