मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ १० बिहीबार
  • Tuesday, 18 August, 2026
२o८१ जेठ १० बिहीबार १७:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट युवतीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १० बिहीबार १७:४६:oo

बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनीषा रोकाय रहेकी छिन्। 

बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वननजिकै बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए। 

मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारूसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन्। उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ। 

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले घटनाबारे अनुसन्धान भइरहेको बताए। रासस