१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ५ बिहीबार ०९:३०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन महिनामा आठ प्रतिशतले  मूल्यवृद्धि हुने राष्ट्र बैंकको प्रक्षेपण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ५ बिहीबार ०९:३०:००

आउँदो तीन महिनामा मूल्य वृद्धिदरमा चाप पर्ने सम्भावना रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ ले यस्तो देखाएको हो । सर्वेक्षणमा सहभागी उत्तरदाताले आउँदो तीन महिनाभित्र मूल्य वृद्धिदर आठ प्रतिशत र एक वर्षमा १० प्रतिशत हुनसक्ने अनुमान गरेको छ । यद्यपी हालको लागि यसअघि असोजमा गरिएको प्रक्षेपणभन्दा यो दुई प्रतिशत बिन्दुले कम हो । एक वर्षका लागि उपभोक्ताको अनुमान यसअघिकै बराबर छ । 

यसअघि राष्ट्र बैंकले तीन महिनामा १०.६ प्रतिशत र एक वर्षमा ११.३ प्रतिशतले मूल्य वृद्धि हुन सक्ने अनुमान गरेका थियो । आगामी तीन महिनामा अन्न, दाल, घ्यू, दूध, माछामासुको मूल्यमा असोजमा गरिएको प्रक्षेपणभन्दा वृद्धि हुने, तर घरजग्गाको मूल्य घट्ने अनुमान गरेका छन् । होटेल तथा रेस्टुरेन्टमा हुने मूल्य वृद्धि पनि असोजमा गरिएको प्रक्षेपणभन्दा आगामी तीन महिनाका लागि गरिएको प्रक्षेपण कम हुने सर्वसाधारणको अनुमान छ । 

सर्वेक्षणमा सहभागी उत्तरदाताहरूमध्ये करिब ९२ प्रतिशतले आगानी तीन महिनामा र करिब ९७ प्रतिशतले आगामी एक वर्षमा मूल्य बढ्ने प्रक्षेपण गरेका छन् । राष्ट्र बैंकले गत असोज २१ देखि २७ गतेसम्ममा मुलुकभरका १७ वटा ठूला सहरी क्षेत्रका १४ वटा बजारबाट विभिन्न उमेरसमूहका उपभोक्तासँग स्थलगत अन्तर्वार्ता गरेर सर्वेक्षण तयार पारेको हो । सोहीक्रममा सहरी क्षेत्रका सात सय २० व्यक्तिगत उपभोक्ताबाट प्राप्त उत्तरका आधारमा सर्वेक्षणको नतिजा निकालिएको हो ।