Skip This
विदेशी मुद्रा सञ्चिति २० प्रतिशतले वृद्धि, १२ महिनाकाे आयात धान्न सक्ने  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २७ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २७ आइतबार १६:५५:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

विदेशी मुद्रा सञ्चिति २० प्रतिशतले वृद्धि, १२ महिनाकाे आयात धान्न सक्ने  

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २७ आइतबार १६:५५:oo

चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन्।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह २१ दशमलव छ प्रतिशतले वृद्धि भई रु आठ खर्ब ३९ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७ दशमलव एक प्रतिशतले बढेको थियो। 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९ दशमलव एक प्रतिशतले वृद्धि भई अमेरिकी डलर छ अर्ब ३१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव चार प्रतिशतले बढेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति पाँच दशमलव ०१ प्रतिशत छ। सरकारले चालु आवका लागि मुद्रास्फीति छ दशमलन पाँच प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ।

माघ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ५८ हजार पाँच सय ४० छ।

चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा खुद ट्रान्सफर २० प्रतिशतले वृद्धि भई रु नौ खर्ब १० अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५ दशमलव दुई प्रतिशतले बढेको थियो। 

यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २९ प्रतिशतले कमी आई रु तीन अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु पाँच अर्ब १८ करोडले धनात्मक छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब चार करोडले धनात्मक रहेको थियो।

चालु खाता एवम् शोधनान्तर स्थिति पनि सकारात्मक देखिएका छन्। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा चालु खाता रु एक खर्ब ६१ अर्ब ६९ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ४० अर्ब १६ करोडले घाटामा रहेको थियो। 

अहिले शोधनान्तर स्थिति रु दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब २८ अर्ब ५५ करोडले बचतमा रहेको थियो।

गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो सात महिना अवधिमा १९ दशमलव ९ प्रतिशतले वृद्धि भई गत माघ मसान्तमा रु १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तसम्ममा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत माघ मसान्तसम्म पुग्दा २० दशमलव सात प्रतिशतले वृद्धि भई रु १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ। 

अहिले बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति रु दुई खर्ब २१ अर्ब दुई करोड छ। गत माघ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव छ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

चालु आर्थिक वर्षको सुरुवाती सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव सात महिनाको वस्तु आयात र १२ दशमलव तीन ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४ दशमलव तीन, १०२ दशमलव चार र २८ प्रतिशत छन्।