मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण ४ बुधबार ०८:४८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिग : जावलाखेल र  फ्रेन्ड्स बराबरीमा 

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण ४ बुधबार ०८:४८:००

सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले मंगलबार जावलाखेल युथ क्लबविरुद्ध रोमाञ्चक ३–३ को बराबरी खेलेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्सलाई एक अंक दिलाउने क्रममा नाथालिन गार्सियाले दुई तथा जमोल एन्थोनीले एक गोल गरेका थिए । जावलाखेलका लोइक एनजिमीको दुई तथा रूपबहादुर लामाले एक गोल गरे । 

खेलको ११औँ मिनेटमा लोइक एनजिमीले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाएका हुन् । खेलको ३९औँ मिनेटमा लोइकले व्यक्तिगत दोस्रो गोल गर्दा जावलाखेल २–० ले अघि बढ्यो । खेलको ४३औँ मिनेटमा रुपबहादुरले जावलाखेललाई पहिलो हाफमा ३–० ले अघि बढाए । पहिलो हाफको इन्जुरी समयमा नाथानिलले फ्रेन्ड्सलाई ३–१ को स्थितिमा ल्याए ।७१औँ मिनेटमा नाथानिल फ्रिकिकमा सीधै गोल गर्दै खेललाई फ्रेन्ड्सलाई ३–२ को स्थितिमा पुर्‍याए । अन्तिम इन्जुरी समयमा जमोल एन्थोनीले फ्रेन्ड्सलाई ३–३ को स्थितिमा पुर्‍याउँदै हारबाट जोगाए ।बराबरीसँगै जावलाखेल ११ खेलबाट १० अंक जोडेर ११औँ स्थानमा तथा फ्रेन्ड्स ७ अंक जोडेर १२औँ स्थानमा यथावत् रहेको छ ।

खेलाडीको स्वास्थ्य नै पहिलो प्राथमिकता : एन्फा
ए डिभिजन लिगअन्तर्गत दशौँ चरणमा मच्छिन्द्र फुटबल क्लबका युवा स्ट्राइकर मनीष डाँगी च्यासलका विदेशीस् खेलाडी यानिक केचासँग जुध्दा मैदानमा बेहोस भए । मैदानभित्र लगगभ १० मिनेट प्राथमिक उपचारपछि मनीषलाई नजिकको ब्लु क्रस अस्पतालमा लगियो । दुई दिन अस्पतालमा उपचार गराएपछि मंगलबार मनीष डिस्चार्ज भएका छन् । मनीषको यस घटनाले गत असारमा सम्पन्न युरोकप २०२० मा डेनमार्क क्रिस्टियनको सम्झना धेरैलाई गरायो । 

फुटबल खेलमा मैदानभित्र राम्रो मेडिकल टोली हुनुपर्ने अवाजहरू उठ्न थालेका छन् । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको स्वास्थ्यको विषयमा सधैँ संवेदनशील रहेको जनाएको छ । एन्फाले दशरथ रंगशालामा मंगलबार पत्रकार सम्मेलन गर्दै खेलाडीको विषयमा संघले सधैँ महत्व दिएको दाबी गरेको छ । 

राष्ट्रिय महिला लिगको पहिलो चरण चितवनमा
राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको पहिलो चरण चितवनमा हुने भएको छ । एन्फाले लिगको पहिलो चरण चितवनमा चैतको दोस्रो साता आयोजना हुने जनाएको छ । एन्फाले पहिलो चरणको लिगका लागि भरतपुर महानगरपालिकासँग सम्झौता गरेको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र भरतपुरका मेयर रेणु दाहालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  

नेपालको पहिलो प्रतिद्वन्द्वी भारत
साफ यू–१८ महिला च्याम्पियनसिपको खेलतालिका मंगलबार सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले भारतमा आयोजना हुने यू–१८ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक गरेको हो । डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ ।