Skip This
छाडा पशुको संयुक्त व्यवस्थापन गर्दै काठमाडौं महानगर र दक्षिणकाली नगरपालिका
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाै‌ं
२o८१ बैशाख २६ बुधबार १८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

छाडा पशुको संयुक्त व्यवस्थापन गर्दै काठमाडौं महानगर र दक्षिणकाली नगरपालिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌ं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:१६:oo

काठमाडौं महानगरपालिका र दक्षिणकाली नगरपालिकाले संयुक्त रूपमा पशु व्यवस्थापन केन्द्र सञ्चालन गर्ने भएका छन्। मंगलबार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले पशु व्यवस्थापन केन्द्र सञ्चालनबारे सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।  

दक्षिणकालीमा मिलीजुली पशुपालन समूहले पशुपालन गर्दै आएको थियो। प्रदेश सरकार र दक्षिणकाली नगरको सहयोग लिएर केही टहरासहितको पूर्वाधार, त्यस क्षेत्रमा पुग्ने बाटो, बिजुली पानीलगायतका सुविधाको व्यवस्था गरिएको छ। केन्द्र दक्षिणकाली नगरपालिका–७, कोपुगाउँमा पर्छ। 

मेयर शाक्यले छाडा पशुको व्यवस्थापनका लागि यसो गरिएको बताए। ‘धेरै काममध्ये यो एउटा कामको थालनी हो । दक्षिणकालीजस्तै हामी हरेक नगरसँग कुनै न कुनै खालको सहकार्य गर्न चाहन्छौँ,’ शाक्यले भने। 

सम्झौताबमोजिम यसअघिको लगानी फिर्तासहितका काम गर्न काठमाडौं महानगरले दक्षिणकाली नगरलाई ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ। यसको सञ्चालन तथा व्यवस्थापनका लागि महानगरले समिति वा एकाइ गठन गर्न सक्नेछ। यस संरचनाले दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइ, पूर्वाधार निर्माण तथा मर्मत सम्भार, मृत जनावरको व्यवस्थापनलगायत काम गर्नेछ। पशु सेवालाई दैनिक सञ्चालन गर्न खाद्यान्न, औषधि, उपकरणको प्रबन्ध महानगरले गर्नेछ। त्यस्तै केन्द्र भएको जमिनमा डाले तथा भुइँ घाँस लगाउन सक्नेछ।

ad
ad