१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २ सोमबार ११:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए फुलकोर्ट बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २ सोमबार ११:५२:००

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। कार्कीले अदालत सञ्चालनका सम्बन्धमा छलफलका लागि दिउँसो १ बजेका लागि फुलकोर्ट आह्वान गरेका सर्वोच्चले जनाएको छ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए। तत्पश्चात् कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले पाएका हुन्।