मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १ आइतबार ०६:३८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १ आइतबार ०६:३८:००

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । नेपालमा प्रमाणमा आधारित नीति–निर्माण र प्रवर्द्धन गर्न उद्यमशीलता विकासका लागि काम गरिरहेको दायित्व नेपाललाई सहयोग गर्ने भएको हो ।

उद्यमशीलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन वर्षमा तीनवटा नीतिगत विषयवस्तुमा सहयोग गर्नेछ । सरकारका सम्बन्धित मन्त्रालयको समेत सहभागितामा तीनजनालाई दायित्व नेपाल नीति फेलोसिप प्रदान गर्ने गरी बिहीबार वर्ल्डलिंक र दायित्व नेपालबीच सम्झौता भएको छ । नीति अनुसन्धानसम्बन्धी सो सम्झौतामा वर्ल्डलिंकका तर्फबाट वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवाल र दायित्व नेपालका अध्यक्ष डा. पुकार मल्लले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार लगानीमा पहुँच, युवा रोजगारी, महिलाको आर्थिक सशक्तीकरण, मूल्य शृंखला र शासन सुधारलगायतका विषयवस्तुमध्ये विश्वव्यापी प्रतिस्पर्धामार्फत रिसर्च फेलो छनोट गरिनेछ भने उनीहरूले तीनदेखि ६ महिनासम्म सम्बन्धित मन्त्रालयका सहसचिवस्तरका अधिकारीहरूको मोनिटरिङमा नीतिगत अनुसन्धान गर्नेछन् । पाँच सांसद र सम्बन्धित मन्त्रालयका पाँच अधिकारीहरूको सहभागितामा १० विषयवस्तु छनोट गरेर विश्वव्यापी प्रतिस्पर्धा गरिने दायित्व नेपालले जनाएको छ । 

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष अग्रवालले स्वदेशभित्र उद्यमशीलता विकासका लागि सहयोग पुर्‍याउनका लागि प्रमाणमा आधारित नीति–निर्माण र प्रवद्र्धनका लागि फेलोसिप सहयोग गरेको बताए । दायित्व नेपालका अध्यक्ष मल्लले वर्ल्डलिंकसँगको सहकार्यले युवा–सरकारबीचमा विश्वासको वातावरण निर्माणका साथै आर्थिक सुशासन अभिवृद्धिसँगै युवावर्गलाई आशा, उत्साह र परिवर्तित भएर अघि बढ्न सहयोग पुर्‍याउने बताए ।