
झापाको मेचीनगर–१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा अढाई घन्टादेखि भीषण आगलागी भइरहेको छ । मनसा फुडको मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । झापा, मोरङका दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेको उनले बताए । क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।
मेचीनगरमा यसअघि पनि आगलागी भएको थियो । २० माघमा मेचीनगर–६ स्थित एसएस फुटवेरमा आगलागी हुँदा करिब साढे नौ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।