मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ २८ शुक्रबार १६:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फागुन १ देखि विद्यालय पुनः सञ्चालन गर्ने ललितपुर महानगरपालिकाको निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ २८ शुक्रबार १६:५१:००

ललितपुर महानगरपालिकाले फागुन १ देखि विद्यालय पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरले कोरोना भाइरसका कारण बन्द गरिएका विद्यालय फागुन १ देखि पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । 

विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टरलगायतका शैक्षिक क्रियाकलाप जनस्वास्थ्यको मापदण्ड पालन गरी फागुन १ देखि सञ्चालन गर्ने महानगरले जनाएको छ । त्यसैगरी महानगरले विद्यालय सञ्चालन गर्दा १२ वर्ष उमेर पुगेका विद्यार्थीको हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा विद्यार्थी संख्या विचार गरी आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने बताएको छ ।