१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o८:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्से ४० अंकले घट्यो, लगानीकर्ता चुनावको मिति कुर्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:o३:oo

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ४० अंकले घटेको छ । लगानीकर्ताले चुनावी मिति कुर्दै प्रोफिट बुकको नीति अपनाउँदा बजारमा करेक्सन आएको हो । अहिले बजारले चुनाव मितिको टेवा खोजेको लगानीकर्ता बताउँछन् । चुनाव हुने हल्लाले बढेको बजार चुनावको स्पष्ट मिति नतोकिँदा त्यसको प्रभाव परेको लगानीकर्ताको भनाइ छ । चुनावी मितिले बजारलाई लामो समयसम्म प्रभाव नपार्ने भए पनि क्षणिक प्रभाव राख्ने गर्छ । 

आइतबार सुरुवातमा बजार बढे पनि लगानीकर्ता प्रोफिट बुकिङतर्फ केन्द्रित हुँदा बजार निरन्तर घट्न पुगेको थियो । सेयर बजार ४० दशमलव ५७ अंकले घटेर दुई हजार आठ सय ३६ दशमलव १७ बिन्दुमा पुगेको छ ।त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स सात दशमलव ७३ अंकले घटेर पाँच सय ३१ दशमलव ९२ बिन्दुमा पुगेको छ । अघिल्लो हप्ताबाट करेक्सन हुँदै अघि बढेको बजारमा लगानीकर्ता ‘पर्ख र हेर’को नीति अपनाइरहेका छन् । अहिले लगानीकर्ता चुनाव मितिको घोषणाको पर्खाइ र प्रोफिट बुकले ल्याएको करेक्सन भएकाले आत्तिहाल्नुपर्ने अवस्था नआएको लगानीकर्ता अञ्जीव  तुलाधर बताउँछन् ।

यस दिन कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । जीवन बिमा, फाइनान्स, माइक्रो फाइनान्स समूह, जलविद्युत् समूह, वाणिज्य बैंक समूह, विकास बैंक समूहको सूचक सबैभन्दा बढीले घटेको छ । यस दिन एक सय ७५ वटा स्क्रिप्टको सेयर मूल्य घटेको छ भने १३ वटा स्क्रिप्टको सेयर मूल्य बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । अघिल्लो हप्तासम्म सकारात्मक सर्किट मूल्यमा कारोबार हुँदै आएको उक्त संस्थाको मूल्यमा ब्रेक लागेको हो । 

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको यस दिन सात दशमलव ६१ प्रतिशतले घटेको छ । नेपाल लाइफ इन्स्योरेन्सले अहिलेसम्मकै सबैभन्दा कम लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट नगद र बोनस गरी करिब १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आठ वर्षयताकै ६४ प्रतिशतले कम लाभांश प्रस्ताव गर्दा कम्पनीको मूल्य घट्दा खरिद भने बढेको छ । सो दिन उक्त कम्पनीको सेयर ४२ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, तेह्रथुम पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब ५ प्रतिशतले घटेको छ । 

घटेको बजारमा नेपाल हाइड्रो डेभलपर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, शिखर इन्स्योरेन्स, साहस ऊर्जा लिमिटेड २ प्रतिशतदेखि ८ प्रतिशतले घटेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २८ स्क्रिप्टका एक करोड बढी कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा पाँच अर्ब ८३ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

ad
ad