१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गाउँपालिकाको बजेटमा सामूहिक ‘८४ पूजा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२५:oo

शान्तिनगर गाउँपालिकाको बजेटमा सामूहिक ‘८४ पूजा’ गरिएको छ । गाउँपालिकाको कार्यालयको प्रांगणमा रहेको मन्दिरमा आइतबार ‘८४ पूजा’ आयोजना गरिएको हो । गाउँपालिकाको तीन लाख बजेटमा ‘८४ पूजा’ र सम्मान कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका ज्येष्ठ नागरिक संघ शान्तिनगरका अध्यक्ष तेजराम पौडेलले बताए । ‘हामीलाई गाउँपालिकाले तीन लाख बजेट दिएको थियो,’ उनले भने, ‘सोहीअनुसार ज्येष्ठ नागरिकलाई सम्मान र ‘८४ पूजा’का लागि बजेट व्यवस्था गरेको हो ।’ 

गाउँपालिकाभित्रका पाँचजना ज्येष्ठ नागरिक सामूहिक ‘८४ पूजा’मा सहभागी भएको उनले बताए । पौडेलका अनुसार वडा नम्बर ३ का खगी घर्ती, भविलाल घर्ती, भपाल खत्री, वडा नम्बर १ का दुर्गा वली र अमृताकुमारी क्षेत्री सहभागी थिए । ‘८४ पूजा’ गर्दा आर्थिक अवस्थाले नसक्ने भएपछि गाउँपालिकाले सहयोग गरेर पूजा गर्न पाउँदा निकै खुसी लागेको ज्येष्ठ नागरिक दुर्गा वलीले बताइन् । ‘घरमा पैसा थिएन, त्यसैले ८४ पूजा गर्ने रहर हुँदा पनि गर्न सकिएको थिएन’, उनले भनिन्, ‘गाउँपालिको हामीलाई ८४ पूजा गरिदिएपछि सजिलो भयो ।’ 

गाउँपालिकाभित्र ८० वर्ष पूरा भएका दुई सय २८ जना ज्येष्ठ नागरिक छन् । उनीहरू सबैलाई सहभागी बनाएर कार्यक्रम गर्ने योजना बने पनि कोरोना महामारीले सम्भव भएन । त्यसैले उनीहरूलाई वडामै पुगेर कार्यक्रम बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए । ‘हामीले एकै ठाउँमा कार्यक्रम गर्ने योजना बनाएका थियौँ’, उनले भने, ‘तर अहिले कोरोना महामारी पनि छ, त्यसैले पहिलो चरणमा पाँचजनालाई सहभागी बनाएर ८४ पूजा ग¥यौँ, अब केही दिनमा वडामा पुगेर सबै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम छ ।’ 

ad
ad