१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख २४ सोमबार १२:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

म्याग्दीमा हिमपात, पर्यटकीय स्थलहरूमा घुम्न जानेको चहलपहल

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:५१:oo

म्याग्दीको हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गएराति अविरल वर्षासँगै चिसो बढेपछि हिमपात भएको हो । हिमपातले चिसो बढेपछि जनजीवन प्रभावित बने पनि पर्यटकीय स्थलहरूमा भने घुम्न जानेको चहलपहल सुरु भएको छ । 

हिमाली क्षेत्रमा पटकपटक हिमपात हुने भए पनि पहाडी क्षेत्रसम्म नै हिमपात भएको यो वर्षको दोस्रोपटक हो । बिहीबार साँझदेखि नै परेको हिमपात डेढ फिटसम्म जमेको धवलागिरि गाउँपालिका– १ का वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । हिमपातका कारण स्थानीय लघुजलविद्युत् परियोजना अवरुद्ध भएको छ ।

जिल्लाको धवलागिरि गाउँपालिकाको अधिकांश क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी रघुगंगा, मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकाको समेत हिमाली र उच्च पहाडी तथा बेनी नगरपालिकाको उच्च पहाडी डाँडाकाँडा हिमपातले सेताम्मे बनेका छन् । सदरमुकाम बेनीदेखि नजिकका पर्यटकीय स्थलहरू रुइसे, टोड्केलगायतका स्थानमा नजिकका गाउँका स्थानीयवासी बिहानैदेखि हिउँमा खेल्न पुगेका छन् । 

रातभर हिमपात भएको र बिहान हिउँ र वर्षा दुवै रोकिएकाले नजिकका बस्तीहरूबाट हिमपातमा रमाउनेहरू पर्यटकीय स्थल रुइसेमा पुग्न थालेको स्थानीय युवा हरि भण्डारीले बताए । यसैबीच हिमपात र वर्षा भएपछि कृषक उत्साहित बनेका छन् । गहुँ, जौ, केराउलगायतका हिउँदे बालीमा सिँचाइ र खेतमा मकै छर्ने तयारी गरेका कृषकलाई वर्षा र हिमपातले राहत मिलेको छ ।


 

ad
ad