१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रासस भक्तपुर
२o८१ बैशाख १८ मंगलबार २o:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ : एमाले अध्यक्ष ओली

Read Time : > 1 मिनेट
रासस भक्तपुर
नयाँ पत्रिका भक्तपुर
२o८१ बैशाख १८ मंगलबार २o:२९:oo

एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताएका छन् । भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका हुन् । 

सरकार संविधान कार्यान्वयन, संघीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता स्वार्थमा केन्द्रित रहेको आरोप लगाउँदै उनले कानुन एवं संविधानबमोजिम  फागुनभित्र निर्वाचन गर्न एमालेले पटकपटक ध्यानाकर्षण गराउँदा पनि नगरेको बताए । कोरोनाविरुद्धको २४ लाख खोप हराउनु सरकारको गम्भीर लापरबाही भएको भन्दै छानबिन पनि नहुनु दुर्भाग्य भएको उनले टिप्पणी गरे । 

एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई बैठकको निर्णयबारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले स्थानीय तहको मिति बिहीबारसम्म नतोके सातै प्रदेश र केन्द्रबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । 

एमालेले राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएको छ । बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन एवं अन्तर्घातको छानबिन गर्न कारबाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको उनले जानकारी दिए । 

केही दिनअगाडि पार्टी छोडेकी तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुखलाई निष्काशन गर्ने निर्णय सचिवालय बैठकले गरेको जानकारी दिँदै प्रचार विभाग प्रमुख गुरुङले रौतहट र पर्सामा जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिइएको जानकारी दिए । 
    
बैठकले यसैसाता केन्द्रमा प्रशिक्षण कार्यक्रम गर्ने, प्रदेशमा पनि कार्यक्रम सञ्चालन गर्ने, आफूहरूले गरेको राम्रा कामको प्रचार गर्दै स्थानीय तह निर्वाचन जित्ने रणनीतिका साथ अगाडि बढ्ने गुरुङले जानकारी दिए । बैठकले महिला, युवा, विद्यार्थी र किसान महासंघबाहेकका अन्य जनसंगठनको महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको, पार्टीको नियमावली, जनसंगठनको निर्देशिका पारित गरेको र सहकारी तथा स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको उनले जानकारी दिए । 

चैत महिनासम्म पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय गर्दै बैठकले पार्टी सदस्यतासम्बन्धी अभिलेख राख्न प्रत्येक जिल्लामा आइटीविज्ञ राख्ने एमालेले निर्णय गरेको छ ।

ad
ad