Skip This
रसुवामा एक हजार ३४ जनाले लगाए कोरोनाविरुद्धको बुस्टर डोज
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १३:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रसुवामा एक हजार ३४ जनाले लगाए कोरोनाविरुद्धको बुस्टर डोज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:४४:oo

रसुवामा एक हजारजनाभन्दा बढीले कोभिड– १९ विरुद्धको बुस्टर डोज लगाएका छन्। गत माघ ३ गतेदेखि जिल्लामा अग्रपंक्तिमा रहेकालाई लगाउन सुरु गरिएको बुस्टर डोज एक हजार ३४ जनाले लगाएका छन्। ०७७ माघ १४ देखि ०७८ असार मसान्तसम्म पहिलो र दोस्रो डोजको पूर्ण खोप लगाएका फ्रन्टलाइनरलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए।

सात सय ११ जनाले कोभिसिल्ड र तीन सय २३ जनाले भेरोसेलको बुस्टर डोज लगाएका छन्। ‘केन्द्रको परिपत्रअनुसार दोस्रो मात्रा लगाएको ६ महिना पूरा भएका अग्रपंक्तिमा खटिने एवं सार्वजनिक सेवामा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, बैंकिङ समूह, सरकारी निकायमा रहेकाहरूलाई पहिलो चरणअन्तर्गतको बुस्रट डोजको खोप लगाएका हौँ,’ उनले भने।

कोभिड– १९ विरुद्धको पहिलो खोप अभियानका क्रममा जिल्लामा एक हजार सात फ्रन्टलाइनरले  खोप लगाएका थिए। कर्मचारीहरू फेरबदल भइरहने हुँदा संख्यामा लक्ष्यअनुसार फरक हुने गरेको चालिसेले बताए। त्यसैगरी कार्यालयले दोस्रो चरणअन्तर्गत गत असार मसान्तसम्म दोस्रो डोज खोप लगाई ६ महिना पूरा भएका सबैलाई बुस्टर डोज दिने तयारी गरेको छ। जिल्लामा अहिले दुई हजार सात सय डोज भेरोसेल र एक सय ८० डोज कोभिसिल्डको खोप रहेको छ।
 
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा गत असार मसान्तसम्म कोरोनाविरुद्धको दोस्रो डोज लगाएका तीन हजार दुई सय ९९ जना रहेका छन्। जसमध्ये एक हजार ३० जनाले कोभिसिल्ड र दुई हजार दुई सय ६९ जनाले भेरोसेल लगाएका बताइएको छ। कोरोनाको पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकाहरूका लागि खोप ल्याउन आवश्यक तयारी भइरहेको चालिसेले बताए। जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो डोजको खोप लगाउन छुटेकालाई अहिले खोप लगाइरहेको उनले बताए।

ad
ad