१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ माघ १७ सोमबार ०६:२५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रेकर्डमा नरहेको २४ लाख  कोभिड खोप खोज्न छानबिन समिति गठन

Read Time : < 1 मिनेट
२०७८ माघ १७ सोमबार ०६:२५:००

सरकारले रेकर्डमा नरहेको २४ लाख डोज कोभिड खोप खोज्न छानबिन समिति गठन गरेको छ । कोभिड महामारी बढेसँगै सुरु गरिएको खोप अभियानका क्रममा २४ लाख मात्रा खोप रेकर्डमा नरहेकाले सरकारले छानबिन समिति गठन गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानबिनका लागि पाँच सदस्यीय समिति बनाएको छ । प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको समितिले दुई सातामा प्रतिवेदन दिने मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् । 

समितिले खोप अभिलेख विवरण अद्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ । खोप छानबिन समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम सदस्य छन् भने वरिष्ठ स्वास्थ्य प्रशासक डा.गुणनिधि शर्मा सदस्यसचिव छन् । कोभिडविरुद्धको २४ लाख डोज खोपको रेकर्ड नरहेको बाहिरिएसँगै खोप दुरुपयोगबारे आलोचना हँुदै आएको थियो ।