१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o७:११:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रसुवा भन्सारमा गत वर्षको तुलनामा दुई गुणा बढी राजस्व संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:११:oo

रसुवा भन्सार कार्यालय टिमुरेले वार्षिक लक्ष्यको ६३ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७८/०७९ मा राखेको लक्ष्यको ६३ दशमलव ७१ प्रतिशत बढी राजस्व संकलन गरेको हो । भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद मैनालीका अनुसार कार्यालयले चालू आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । वर्षको ६ महिना पूरा हुँदा वार्षिक लक्ष्यको चार अर्ब ३४ करोड १३ हजार राजस्व संकलन गरेको मैनालीले बताए । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यो आर्थिक वर्षमा दुई गुणाभन्दा बढी राजस्व संकलन भएको जनाइएको छ । साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्यांकन बाट प्राप्त असुल गरिएको हो । 

दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मक रूपमा हेर्दा यस वर्ष झन्डै साढे दुई गुणाले बढेको बताइएको छ । गत वर्ष यस अवधिमा एक अर्ब ७२ करोड २४ लाख दुई हजार रुपैयाँ मात्र असुली भएको थियो । साना–ठूला सबै प्रकारका सवारीसाधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक, जुत्ता चप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामग्री आयात भइरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको दुई वर्ष भएको छ । यसको असर स्वरूप रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन । रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तःशुल्क भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्दछ । कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । २०७६ माघ १५ देखि २०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो । तत्पश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । अहिले रसुवागढी नाकाबाट चिनियाँ नौवटा कन्टेनरमा सामान आयात भइरहेको छ । 

ad
ad