मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ १२ बुधबार १०:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनका लागि  कर्णालीमा मतदान सुरु

Read Time : < 1 मिनेट
२०७८ माघ १२ बुधबार १०:२१:००

राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा मतदान सुरु भएको छ । सुर्खेतस्थित निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो ।  बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन कार्यालयका नायबसुब्बा हिरानन्द पोख्रेलले बताए ।

‘दुईवटा मतदान केन्द्रमा मतदान भइरहेको छ,’ उनले भने, ‘हाल निर्वाचन अधिकृतसहित १८ जना कर्मचारीले निर्वाचनको काम गरिरहेका छन् ।’हालसम्म मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका अन्यले मतदान गरिसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

मतदान सकिनेबित्तिकै मतगणना जारी हुने र आजै नतिजा प्रकाशन गर्ने तयारी रहेको छ । निर्वाचनमा गठबन्धनका तर्फबाट तीनजना र नेकपा एमालेको तर्फबाट तीनजना उम्मेदवारले उम्मेदवारी दिएका छन् ।