निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १२ बिहीबार
  • Thursday, 26 May, 2022
२०७८ माघ १० सोमबार १४:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा हिमपात, चिसोले जनजीवन कष्टकर

Read Time : < 1 मिनेट
२०७८ माघ १० सोमबार १४:०१:००

हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भएको छ।  हिमपातसँगै सदरमुकाम सिमकोटमा झन्डै एक फिटसम्म हिउँ जमेको छ। हिमपातले हुम्ला जिल्ला सेताम्य देखिएको छ। तापक्रम माइनसमा झर्दा चिसो अत्यधिक बढेको छ। 

उत्तरी नाम्खा गाउँपालिकामा बाक्लो हिमपात भएपछि वृद्ध, बालबालिका तथा चौँरीपालक कृषकलाई कठिन भएको छ। बाक्लो हिमपातले चरन क्षेत्र ढाकेपछि चौँरीपालक कृषकलाई समस्या भएको हो। हिमपातले नाम्खा गाउँपालिका– ६ लिमी जाने पाँच हजार मिटर उचाइमा रहेको न्यालु लेक र उत्तरी हिल्सा आवतजावत गर्ने नारा लेक पनि ढाकेको छ।