मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ९ आइतबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ ९ आइतबार १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टेकु अस्पतालमा चिकित्सकसहित ५० बढीमा कोरोना संक्रमण, खोप कार्यक्रम स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ ९ आइतबार १७:२५:oo

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक हप्ताका लागि कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ। अस्पतालले आइतबार सूचना जारी गर्दै माघ १० देखि माघ १६ सम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ। 

अस्पतालमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू गरी ५० जनाभन्दा बढीमा कोभिड–१९ संक्रमण देखिएकाले खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।