१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ६ बिहीबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ ६ बिहीबार १२:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माैसमका कारण जहाज आकाशमै होल्ड हुँदा एक यात्रु बेहोस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ ६ बिहीबार १२:२९:oo

मौसम प्रतिकूलताका कारण आज बिहानका तीनवटा आन्तरिकतर्फका उडान होल्ड भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुद्ध, श्री र यती एयरलाइन्सका जहाज करिब एक घन्टा आकाशमै होल्ड गर्नुपरेको हो ।  

अवतरणका लागि मौसम प्रतिकूल भएपछि जहाज आकाशमै होल्ड गर्नुपरेको प्राधिकरणका निमित्त कार्यकारी महानिर्देशक प्रेमनाथ ठाकुरले बताए। उनका अनुसार मौसममा सुधाए आएपछि होल्डमा परेका जहाज अवतरण भएका छन् । आज बिहान काठमाडौं, भैरहवा र नेपालगन्ज विमानस्थलमा मौसम प्रतिकूलताको असर देखिएको थियो। अझै पनि उडान सहज भइसकेको छैन । 

बिहान करिब ७ः४५ मा काठमाडौंबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाज धेरैबेर होल्ड गर्नुपरेपछि एकजना यात्रु बेहोस भएका थिए । हाल जहाज अवतरण भएपछि ती यात्रुको उपचार गरिएको छ। यात्रु निको भएर घर फर्किएको बुद्ध एयरले जनाएको छ। बिहान उडान नम्बर ४५१ जहाज नेपालगन्ज एयरपोर्टनजिकै होल्ड गरिएको थियो। करिब एक घन्टाको होल्डपछि बिहान ८ः४४ मा जहाज अवतरण गर्न खोजे पनि सकेन। बिहान करिब ९ः२० मा उक्त जहाज अवतरण भयो। जहाज धेरै समय होल्ड भएपछि एकजना यात्रु अतालिएर बेहोस भएका थिए। 

आज बिहानैदेखि हुस्सु र बाक्लो कुहिरो लागेका कारण अधिकांश उडानमा समस्या भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।