१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ६ बिहीबार
  • Sunday, 13 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ६ बिहीबार o९:१६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चितवनमा शिक्षक अस्पताल बनाउन सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ६ बिहीबार o९:१६:oo

शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवं जग्गा पहिचान समितिले चितवनमा शिक्षक अस्पताल बनाउन उपयुक्त भएको सिफारिस गरेको छ । समितिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई बुधबार भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुक्त स्थान रहेको प्रतिवेदन बुझाएको छ । 

समितिले भरतपुर महानगरपालिका–१५, भगवानपुर, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगाती, सूर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुरको थाहा नगरपालिका–१० चित्लाङमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । समितिले भरतपुर महानगरपालिका–१५ भगवानपुर प्रस्तावित शिक्षक अस्पतालका लागि २१ बिघा जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । 

समितिका संयोजक डा. विमल शर्मा चालिसेले चितवन देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको बताए । संघीय शिक्षक अस्पतालका लागि हाल तीन सय शय्या क्षमताको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ ।