Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ५ बुधबार ०६:५७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टिभिएसको मोटरसाइकल मासिक ६ हजार रुपैयाँ किस्तामा पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ५ बुधबार ०६:५७:००

मोटरसाइकल ब्रान्ड टिभिएसले निश्चित किस्तामा मोटरसाइकल किन्न सकिने योजना ल्याएको छ । कम्पनीले ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्यांकनबाट नै डाउन पेमेन्ट चुक्ता हुने र नयाँ टिभिएस मोटरसाइकल चढेर जान पाउने योजना ल्याएको हो । 

यसरी एक्सचेन्ज गर्दा ग्राहकले मासिक किस्ता न्यूनतम पाँच हजार नौ सय ९९ रुपैयाँ मात्र तिरे पुग्ने कम्पनीले जनाएको छ । यसका साथै ग्राहकले शून्य प्रतिशत ब्याज तथा अन द स्पट फाइनान्सको सुविधा पनि पाउने कम्पनीले उल्लेख गरेको छ । यो योजना देशभरका सम्पूर्ण टिभिएस सोरुमहरूमा उपलब्ध हुने जनाइएको छ । टिभिएसले ग्राहकलाई मध्यनजरमा राखेर समय–समयमा नयाँ योजनाहरू निकालिरहने जनाएको छ । 

जगदम्बा मोटर्सका नवनियुक्त सिइओ–निर्देशक दीपक अग्रवालले ग्राहकलाई मोटरसाइकल तथा स्कुटर खरिद गर्न सजिलो बनाउन नयाँ योजना ल्याएको बताए । उनले भने, ‘हामी सदैव हाम्रा ग्राहकलाई राम्रो सुविधा दिन तत्पर छौँ र आगामी दिनमा यस्ता योजनाहरू लिएर आइरहनेछौँ ।’