मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ३ सोमबार
  • Saturday, 12 July, 2025
२o७८ माघ ३ सोमबार १४:४६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा थप दुई लाख ५८ हजार नयाँ संक्रमित    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ३ सोमबार १४:४६:oo

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना संक्रमित भएका छन्। अघिल्लो दिनको तुलनामा दैनिक संक्रमितहरूको संख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ। आइतबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा दुई लाख ७१ हजार दुई सय दुईजना नयाँ संक्रमित थपिएका थिए।

भारतमा अहिलेसम्म कुल तीन करोड ७३ लाख ८० हजार दुई सय ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये १६ लाख ५६ हजार तीन सय ४१ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन्। संक्रमित अवस्थामै रहेकाहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। अहिलेसम्म संक्रमितमध्ये आठ हजार दुई सय नाैजना मात्रै ओमिक्रोनबाट संक्रमित रहेको पाइएको छ।

पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरूको संख्या एक लाख ५१ हजार सात सय ४० रहेको छ। भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरूको संख्या तीन करोड ५२ लाख ३७ हजार चार सय ६१ रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो एक दिनमा तीन सय ८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या चार लाख ८६ हजार चार सय ५१ रहेको छ।