एक महिना चल्ने स्वस्थानी व्रत सुरु (फोटोफिचर)

सोमबार, ३ माघ, २०७८
डिजिटल संस्करण

सोमबारबाट श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधना सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने मेलामा भक्तपुरको हनुमानघाट र साँखुको शालीनदीमा आजबाट चहलपहल सुरु हुने गरेको हो ।

एक महिनाभरि हातगोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर पूजासहित ‘श्री स्वस्थानी पुस्तक’लाई पाठ गरिन्छ । भक्तपुरस्थित हनुमानघाट सोमबार बिहानै स्नान गर्ने र माधव नारायणको पूजा गर्नेहरूको चहलपहल यस्तो देखियो । केही दृश्यहरू :

सुझावित समाचार