१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ माघ २ आइतबार १५:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सय केजी गाँजासहित तीन भारतीय पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ माघ २ आइतबार १५:२०:००

सय केजी लागुऔषध गाँजा तस्करी आरोपमा सुनसरी प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  सुनसरीको बर्जु गाउँपालिका– ५ तीनमुहानबाट सय केजी लागुऔषध गाँजासहित  भारत बिहार राज्यको कटहरिया– १० का २६ वर्षीय मिठु राय, पूर्णिया सर्सीका– १८ वर्षीय पंकज महलदार र कटहरिया– १९ का ५० वर्षीय जितेन्द्र रायलाई प्रहरीले पक्राउ गरेको हो । 

सीमानाकामा गाँजाको ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिबार राति पौने ९ बजे तीनजना भारतीयलाई सय केजी गाँजासहित नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।  

पूर्वी नेपालको पहाडी जिल्लाहरूमा लुकाइछिपाई  उत्पादन हुँदै आएको गाँजा भारततर्फ तस्करी हुने गरेको प्रहरीले बताएको छ ।