मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ३० शुक्रबार ०६:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषि विकास बैंकको  २१ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ३० शुक्रबार ०६:४३:००

कृषि विकास बैंकले सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको १५औँ साधारणसभाले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साधरणसभामा वक्ताका रूपमा भाग लिएका सेयरधनीले उठाएका जिज्ञासाका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष रमेशकुमार केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले स्पष्ट पार्दै सेयरधनीबाट प्राप्त सुझाबलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरेको बैंकले जनाएको छ । बैंकले हाल दुई सय ७९ शाखामार्फत सेवा दिइरहेको र नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी अधिकृत पुँजी भएको दाबी गरेको छ ।