१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपाल एयरलाइन्स खत्तम भयो भन्ने अवस्था होइन : कार्यकारी अध्यक्ष अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:५६:oo

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्सको अवस्था खत्तम भयो भन्ने खालको नरहेको बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एक महिनाभित्र लोन पेमेन्ट गर्न थाल्ने पनि बताए। ‘नेपाल एरलाइन्सको अवस्था खत्तम भयो, सकियो भन्ने छैन,’ समितिमा बोल्दै उनले भने, ‘एक महिनाभित्र हामी लोन पेमेन्ट गर्न थाल्ने छौँ ।’

आफू नेतृत्वमा आएपछि ५३ करोड ११ लाख खर्च कटौती गरेको उनले प्रस्ट पारे। लोनले गर्दा खत्तमै भयो भन्ने पक्षमा आफू नरहेको बताउँदै उनले भएका स्रोतसाधनहरूलाई प्रयोग गरेर राम्रो बनाउन सकिने प्रस्ट पारे। 
उनले सरकारले नेपाल एरलाइन्सप्रति गरेको व्यवहारप्रति गुनासो गरे। कोरोना महामारीको समयमा निजी एयर लाइन्सलाई धेरै चार्टर्ड उडान दिँदा नेपाल एयरलाइन्सले ५६ वटा मात्र पाएको भन्दै उनले सरकारसँग गुनासो गरे। ‘कोरोनाको वेला हामीले चार्टर्ड उडान ५६ मात्र पायौँ, हिमालयनले दुई सय ३९ पायो, सरकारले किन हेर्दैन ?’, उनले प्रश्न गरे। 

कोरोनाका कारण केही अप्ठ्यारो परेको भए पनि राम्रो गराउन सकिने उनको भनाइ छ। अहिले देखिएका समस्या तत्काल नआएको भए पनि नेतृत्वमा भएका कारण आफूले जिम्मेवारी लिने उनले बताए। निजीलाई प्रश्रय नदिन र आफूहरूलाई काम गर्न दिन उनले आग्रह गरे। नयाँ बिजनेस प्लान बनिरहेको बताउँदै त्यो प्रभाकारी रूपमा लगिने उनको भनाइ छ।
 

ad
ad