Skip This
‘लिभिङ टुगेदर’मा बस्दै आएका दुईको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार १८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘लिभिङ टुगेदर’मा बस्दै आएका दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १८:१o:oo

काठमाडौं महानगरपालिका– ६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुईजनाको रहस्यमय रूपमा मृत्यु भएको छ । खोटाङ साकेला गाउँपालिका– ५ घर भएकी २२ वर्षीया युसिना राई गएराति कोठामा मृत अवस्थामा फेला परेकी र उनीसँगै बस्ने संखुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृत्यु भएको छ । उनीहरू पब्जी खेलबाट चिनाजान भएको र झन्डै एक महिनादेखि सँगै बस्दै आएका थिए । 

आफन्तको घरमा बसेका उनीहरू चिच्याएको आवाज सुनिएपछि राति कोठामा हेर्दा गम्भीर अवस्थामा फेला परेको परिवारले जनाएको छ । प्रहरीकोमा राति १२ः४५ बजे घटनाबारे जानकारी आएको र तत्कालै प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । 

प्रहरीले पब्जी खेलकै कारण घटना घटेको आशंका गरेको छ । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए । शरीरमा रगत लतपतिएको र चक्कुले हानेको घाउ छ । 

 

ad
ad